पोखरा । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुद्धारा वैवाहिक वर्ष गाठको अवसरमा स्थापित तथा फोनिज कास्की मार्फत सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार खेम सारु मगर सम्मानित भएका छन् ।
फोनिज कास्कीको आयोजनामा शनिबार पोखरा, नयाँबजार स्थित तमु धिंमा भएको ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार (२०८१) अपर्ण कार्यक्रम मार्फत फेटा, भांग्रा, प्रमाणपत्र र नगद सहित, प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ र कर्म तमुले मगरलाई सम्मान गरे ।
सारु मगर रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरा मालेपाटनमा विगत तीन दशकदेखि कार्यरत छन् । सम्मानित पछि बोल्दै सारु मगरले पुरस्कारले थप जिम्मेवारी र उर्जा मिलेको बताए ।
उक्त अवसरमा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजका लागि प्रदेशका मु्ख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीपरिषद्बाट पास गरीसकेको सुनाईन् ।
यसको ऐन बनाएर सुरुवात गर्न मात्र बाँकी रहेको बताउँदै सांसद गुरुङले आगामी दिनमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनका अनुसार प्रदेशको तथ्यांक अनुसार मगरहरु १८ र गुरुङहरु ९ प्रतिशतले मातृभाषा बोल्दै आएका छन् ।
कार्यक्रममा तमु धिंका संस्थापक अध्याक्ष कर्म तमु र फोनिजका संघिय सल्लाहकार हुम बहादुर तमुले समग्रह आदिवासी जनजातिको अधिकारका लागि जस्ताको तस्तै, निश्पक्ष रुपमा कलम चलाउने विश्वास व्यक्त गरे ।
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार रिता गुरुङ, तिलक पुन मगर, हर्क आले मगर, राज बहादुर गुरुङ, शान्ति गुरुङ, एम.बी आस्था मगर, हुम बहादुर गुरुङ, उदय बहादुर अमात्य, रुद्र श्रीस मगर, दीपेन्द्र श्रेष्ठ सम्मानित भैसकेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन