तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्ड वर्षायामभर स्तरोन्नति नहुने भएको छ । वर्षायामभर कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कर्ल्भट र पर्खाल निर्माणमात्रै गरिने आयोजनाले जनाएको छ ।
असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथामिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए ।
उनका अनुसार पहिरो जान सक्ने स्थानमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायत कार्य भइरहेको छ ।
‘बाढीपहिरोले राजमार्गमा अवरुद्ध हुनसक्छ, पहिरोले भौतिक तथा मानवीय क्षतिसमेत हुनसक्ने भएकाले दिउँसोको समयमा सर्तकता अपनाएर काम गर्ने गरिएको छ,’ इन्जिनियर पाण्डेले भने, ‘हालसम्म पूर्वीमा ६२ र पश्चिम खण्डमा २८ प्रतिशत कार्यप्रगति भएको छ ।’
राजमार्गको ८० किलोमिटर सडकमध्ये करिब ५३ किमी सडकमा कालोपत्र भइसकेको उनले जानकारी दिए । पूर्वी खण्डमा ३३ र पश्चिम खण्डमा २० किमी कालोपत्र भइसकेको छ ।
पाण्डेले भने, ‘राजमार्गको पूर्वीमा ४१.७ र पश्चिममा ३८.८८ किमीलाई दुई खण्डमा विभाजन गरी काम गरिरहेका छौँ ।’ पश्चिम खण्डमा दुई लेनको गरी २० किमी सडकमा कालोपत्र गरिएको छ ।
आयोजनाको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलका अनुसार कालोपत्र गर्न ‘सबबेस’ र ‘बेस’ बिछ्याउने समयमा वर्षा भएमा थप समस्या हुने भएकाले काम बन्द गरिएको हो ।
पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ ।
पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा भएको आयोजनाले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
भानु जयन्तीका अवसरमा कार्यक्रम
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने
राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षारोपण र गोडमेल
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा