पोखरा । सामाजिक सञ्जालबाट चिनजान गरेर जापन पठाइदिने भन्दै ठगी गर्ने तनहुँकी महिला पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले मंगलबार तनहुँको व्यास नगरपालिका–१२ कमलबारीबाट ३८ वर्षीया मनुमाया थापालाई पक्राउ गरेको हो ।
पारिवारीक भिषामा जापान पठाइदिने प्रलोभन देखाएर ठगी गरेकोे जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दीपककुमार रायले बताए । ‘सामाजिक सञ्जालबाटै भिषा लगाइदिन्छु भनेर ठग्ने गरेकोे उजुरीको आधारमा पक्राउ गरेका छौंं’, उनले भने ।
तनहुँको भीमाद नगरपालिका–५ घर भइ हाल कास्कीको पोखरा महानगरपालिका–१ बगर बस्ने रुपसरा रानालाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर ७९ लाख ९७७ हजार ९९९ रुपैयाँ ठगेको भन्दै प्रहरीमा उजुरी परेकोे हो । विभिन्न बैंक खातामार्फत मनुमायाले पैसा जम्मा गर्न लगाएकी थिइन् ।
मनुमायाबाट ४ लाख ८० हजार रुपैयाँ बरामद गरेको डिएसपी रायले बताए । उनका अनुसार ७ वटा बैंकको चेकबुक बरामद गरिएको छ ।
ठगी सम्बन्धि मुद्वामा जिल्ला अदालत तनहुँबाट म्याद थपेर अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानले ठगीमा मनुमायासँगै समूह नै संग्लन रहेको प्रहरीको आशंका छ । ठगिनेको संख्या पनि बढी हुनसक्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ