स्याङ्जा स्रष्टा सदनको अध्यक्षमा पशुपति शर्मा र्निविरोध चयन भएका छन् ।
काठमाडौंमा सम्पन्न सदनको चौथो वार्षिक साधारणासभा तथा दोस्रो अधिवेशनबाट शर्मा अध्यक्ष पदमा र्निविरोध चुनिएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा शिव हमाल, प्रथम उपाध्यक्षमा खुमन अधिकारी, द्वितीय उपाध्यक्षमा शंकर बिरही गुरुङ, महिला उपाध्यक्षमा भिमु गुरुङ चयन भएका छन् भने महासचिवमा धनश्याम रिजाल दोहोरिएका छन् ।
उपमहासचिवमा अर्जुन थापा, कोषाध्यक्षमा सुजन लम्साल, सचिवमा रमेश बाबु थापा र प्रसाद लामिछाने, सहकोषाध्यक्षमा शिशिर पौडेल निर्विरोध चयन भएका छन् ।
सदनको प्रवक्तामा ज़िम्मेवारी भने चेतन गोतामेलाई दिएको छ । सदस्यहरुमा राजु गुरुङ, माया गुरुङ, कमला गैह्रे, प्रकाश पराजुली, दिनेश क्षेत्री, सुनिता नेपाली, यज्ञ सापकोटा, अस्मिता रणपाल र पवित्रा काफ्ले चयन भएका छन् ।
अर्थ मन्त्रालय सह सचिव डा. टोकराज पाण्डे प्रमुख अतिथी रहेको कार्यक्रममा आॉंधिखोला गाउँपालिकाका प्रमुख विश्व पौडेल, गृह मन्त्रालयका उपसचिव शशि लम्साल ,काठमाडौँ महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ख्यामप्रसाद तिवारी, संरक्षक वरिष्ठ कलाकार पुरुषोत्तम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा