पोखरा । युनाइटेड क्लव पोखराले अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा २७ अर्चले र पोखरा १९ पुरनचौरमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको हो ।
क्लवले तिहारको अवसरमा आयोजित देउसीभैलो कार्यक्रममा संकलन गरिएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत विपदमा परेकाहरुलाई आर्थिक सहयोग गरेको हो ।
आर्थिक सहयोग अन्तर्गत पोखरा ३२ चैनपुर आरती ओझाको परिवारलाई १० हजार, पोखरा २७ अर्चलेका स्वर्गीय अनमोल सुनार र स्वर्गीय भीम थापाको परिवारलाई १०÷१० हजार र पोखरा १९ पुरनचौरका पहिरोबाट ७ जना परिवार गुमाएका पवन परियारलाई २५ हजार नगद प्रदान गरेको हो ।
युनाइटेड क्लबले प्रत्येक वर्ष विपदमा परेका परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको र सोही कार्यक्रम अन्तर्गत असार महिनामा अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गरेको युनाइटेड क्लव पोखराका अध्यक्ष राजु श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमाल बख्रेल, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष सुुर्य बहादुर बानियाँ, सह कोषाध्यक्ष सीमा गुरुङ, कार्यसमिति सदस्यहरु सन्तोष कार्की, जयराम आचार्य, पूर्ण कुमार श्रेष्ठ र आजीवन सदस्य कृष्ण गौतम, सल्लाहकार रमेश कार्की लगायतको उपस्थिती रहेको क्लवका महासचिव दिनेश सुनारले बताए ।
स्थापना कालदेखीनै देउसीभैलो कार्यक्रम गरी संकलन भएको रकमबाट विपद ब्यवस्थापन कोष स्थापना गरी नेपालको पश्चिम कैलाली देखी पूर्वमा उदयपुर सम्म विपदमा परेकाहरुलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आइरहेको बताउदै बिपदमा परी ज्यान गुमाएका प्रति श्रद्धान्जली सहित परिवारमा समवेदना प्रकट गरेको सुनारले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह