जिल्ला अस्पताल स्याङ्जामा बालरोग सघन उपचार सेवा सुचारु भएको छ । स्याङ्जा अस्पतालमा भेन्टिलेटर सहितको बालरोग सम्बन्धी सघन उपचार सेवा पीआइसीयु र एनआइसीयुको सेवा सुचारु गरिएको हो ।
स्याङ्जाको पुतलीबजार नगरपालिका -३ कुमालगाउँ स्थित स्याङ्जा अस्पतालमा आइतबार एक कार्यक्रमका बीचमा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले बालरोग सम्बन्धी सघन उपचार सेवा पीआइसीयु र एनआइसीयु सेवाको समुद्घाटन गरेका हुन् । समुद्घाटनसङ्गै उनले अस्पतालले प्रवाह गर्ने सेवा अवलोकन गरि अस्पतालमा सेवा लिन आउने नागरिकलाई सरल र सहज रुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन निर्देशन समेत दिए ।
अस्पतालमा दुईवटा भेन्टिलेटर सहित पाँच बेडको बालरोग सघन उपचार कक्ष थप गरि सेवा सुचारु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुशील कुमार मरासिनीले जानकारी दिए । उक्त सेवा सुचारु भएपछि बालबालिकाको स्वास्थ्य उपचारमा सहज भएको मेडिकल सुपरिटेन्डेन्ट मरासिनीले बताए ।
अस्पतालले दिने सेवा सुविधालाई चुस्तदुरुस्त एवम् प्रभावकारी बनाउने उद्देश्यले अस्पतालमा पीआइसीयु र एनआइसीयुको सेवा संचालन गरिएको स्याङ्जा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले बताए । उनले गत वैशाख महिनादेखि अस्पतालमा बालविशेषज्ञ सहित सेवा प्रवाह गरिएको बताउँदै विशेषज्ञ सेवाले बिरामी बालबालिकाको उपचारमा सहजता उत्पन्न भएको बताए ।
विभिन्न सेवाहरु प्रदान गरिरहेको अस्पतालले बालविशेषज्ञ सहित सेवा प्रवाह गरेपछि पोखरा लगायतका अस्पतालमा उपचारका लागि जानुपर्ने बाध्यता हटेको अस्पताल स्रोतले जनाएको छ । बालविशेषज्ञ सेवा सुरु भएसङ्गै स्याङ्जा अस्पतालमा २८ दिनसम्मको बच्चालाई एनआइसीयु, १४ वर्षसम्मका बालबालिकालाई पीआइसीयु तथा वार्ड, ओपिडी सेवा पाउनेछन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ