जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।
स्याङ्जा अर्जुनचौपारी गाउँपालिका -१ का अस्मित परियार र प्रभा परियारको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।
गत २७ गते पोखरा -१९ तल्लाकोट टारीमा गएको पहिरोले विवाहपछि ससुराली गएका अस्मित परियार, उनकी श्रीमती र श्रीमतीको परिवारसहितको ज्यान लिएको थियो । प्रमुख जिल्ला अधिकारी नेपालले मृतक अस्मितको घरमै पुगेर प्रदेश सरकारले दिने सहयोग जनही ५०/५० हजार गरी नगद एक लाख रुपियाँ राहत हस्तान्तरण गरेको बताइन् ।
राहत रकम हस्तान्तरण गर्दै प्रजिअ नेपालले विपदमा परी ज्यान गुमाएका परिवारलाई संघीय सरकारद्वारा उपलब्ध हुने दुई लाख रुपियाँ र एकाघरको भएकाले थप एक लाख गरि तीन लाख रुपियाँ प्रक्रियागत रुपमा मृतकका परिवारको खातामा बाँकी रकम जम्मा गराइने बताइन् ।
त्यस्तै, प्रशासनले गत असारमा पहिरोमा परी छोरीसहित ज्यान गुमाएकी फेदिखोला -५ बाँगेकी दुर्गा जिटीको परिवार, पहिरो झर्दा ज्यान गुमाएका आँधिखोला -३ बिचरीचौतारीका तुलसीप्रसाद पौडेलको परिवार, पहिरोले च्यापिएर ज्यान गुमाएकी भिरकोट -५ ज्यामिरेकी खेम कुमारी मल्लको परिवार र बिरुवा -६ लामाखेत स्याङ्दीमा पहिरोले ज्यान गुमाएकाको परिवारलाई समेत राहत रकम हस्तान्तरण गरेको छ ।
यसैगरी, बाढीपहिरो प्रभावित परिवारलाई जिल्ला रेडक्रस सोसाइटी स्याङ्जा र लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रीक्ट स्याङ्जाले पनि नगदसहित जिन्सी लगायतका सामानहरु राहत स्वरुप वितरण गरेको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा