पछिल्लो समय स्याङ्जामा आत्महत्याको घटनामा पुरुषको संख्या बढी रहेको छ । पछिल्लो तीन वर्षको अवधिमा मात्र जिल्लामा एक सय ४८ जना पुरुषले आत्महत्या गरेको तथ्यांक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
स्याङ्जामा पछिल्लो समय आत्महत्याको प्रवृत्तिमा महिलाको भन्दा पुरुषको संख्या बढी देखिएको छ । जसमा १६ वर्ष मुनिका बालबालिका समेत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
पछिल्लो तीन वर्षको अवधिमा मात्र १६ वर्ष मुनिका २५ जना बालबालिकाले आत्महत्या गरेका छन् । डिएसपी रानाले सानो उमेरमै बालबालिकाले आत्महत्याको बाटो रोज्नु समाजकै लागि दुखद विषय बनेको बताए । शिक्षाको स्तर विकास भएतापनी शैक्षिक एवं मनोवैज्ञानिक चेतनाको कमीले गर्दा आत्महत्याको दर वृद्धि भएको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पछिल्लो तीन वर्षमा ८ बालक र १७ बालिकाले आत्महत्या गरेको तथ्यांक छ । यस अवधिमा एक सय ४८ जना पुरुष र ६२ जना महिलाले आत्महत्या गरेका छन् । बालबालिका साथै किशोर किशोरीहरुमा बढ्दो सामाजिक संजालको प्रयोगले आत्महत्या बढेको पाइएको डिएसपी रानाको भनाइ छ ।
त्यस्तै, सामाजिक संजालबाट चिनजान भएको भरमा प्रेममा फसेर असफल, गरिबी तथा बेरोजगारी भएर मानसिक रुपमा निकै कमजोर, घरेलु हिंसा, मानसिक असन्तुलन, दीर्घ रोगी, उच्च आकांक्षा लगायतका अन्य कारणले आत्महत्या हुने गरेको अनुसन्धानले देखाएको डिएसपी रानाले बताए ।
आर्थिक वर्ष २०७८-२०७९ मा महिला २१, पुरुष ४७, बालक ३ र बालिका ५ गरी ७६ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९-२०८० मा महिला २०, पुरुष ५८, बालक ३ र बालिका ६ गरी ८७ जनाले आत्महत्या गरेका छन् र २०८०-२०८१ मा महिला २१, पुरुष ४३, बालक २ र बालिका ६ गरेर ७२ जनाले आत्महत्या गरेको तथ्यांक रहेको सूचना अधिकारी डिएसपी रानाले जानकारी दिए ।
स्याङ्जामा प्रहरी कार्यालयले आत्महत्याको रोकथाम तथा न्यूनीकरण गर्नका लागि सचेतनाका कार्यक्रम समेत गर्दै आएको डिएसपी रानाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले स्थानीय तह, विद्यालयहरुमा र सम्बन्धित क्षेत्रमा आत्महत्याको अवस्था बारे जानकारी तथा परामर्श दिँदै आएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा