पोखरामा पत्रकारमाथि आक्रमण गर्ने पाँच जना पक्राउ परेका छन् । तत्काल ४ जना पक्राउ परेकामा थप १ जना पक्राउ परेका हुन् ।
यातायात व्यवसायीको आन्दोलनको समाचार संकलनका क्रममा पोखराको पृथ्वीचोकमा पत्रकारद्वय सुरज थापा मगर र बिनाकुमारी थापामाथि आज हातपात भएको थियो ।
पक्राउ पर्नेमा पोखरा-९ शान्तिवन बस्ने ट्याक्सी चालक ४१ वर्षीय सूर्यबहादुर नेपाली, गोरखा घर भई हाल पोखरा-९ पृथ्वीचोक बस्ने ३३ बर्षीय बुद्धिबहादुर बयलकोटी, पोखरा -१६ लामाचौरका बसका सहचालक १६ वर्षीय प्रशान गुरुङ, लम्जुङ सुन्दरबजार-१ कुन्छा घर भई हाल पोखरा-५ जिरोकिमी बस्ने ट्याक्सी चालक-२८ बर्षीय सन्तोष बस्नेत र स्याङ्जा आँधीखोला-२ पोखराचौर घर भई हाल पोखरा-१७ घारीपाटन बस्ने ३५ बर्षीय टंकबहादुर क्षत्री छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा अघि बढाइनेछ ।
पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघलगायत पत्रकार सम्बद्ध विभिन्न संघसंस्थाले कडा आपत्ति जनाएका थिए । उनीहरूले आक्रमणकारीलाई कार्वाही गर्न दबाब दिएका थिए ।
सम्बन्धित समाचारः
पोखरामा दुई पत्रकारमाथि कुटपीट, पत्रकार सम्बद्ध संघसंस्थाद्वारा भर्त्सना
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह