पोखरामा पत्रकारमाथि आक्रमण गर्ने पाँच जना पक्राउ परेका छन् । तत्काल ४ जना पक्राउ परेकामा थप १ जना पक्राउ परेका हुन् ।
यातायात व्यवसायीको आन्दोलनको समाचार संकलनका क्रममा पोखराको पृथ्वीचोकमा पत्रकारद्वय सुरज थापा मगर र बिनाकुमारी थापामाथि आज हातपात भएको थियो ।
पक्राउ पर्नेमा पोखरा-९ शान्तिवन बस्ने ट्याक्सी चालक ४१ वर्षीय सूर्यबहादुर नेपाली, गोरखा घर भई हाल पोखरा-९ पृथ्वीचोक बस्ने ३३ बर्षीय बुद्धिबहादुर बयलकोटी, पोखरा -१६ लामाचौरका बसका सहचालक १६ वर्षीय प्रशान गुरुङ, लम्जुङ सुन्दरबजार-१ कुन्छा घर भई हाल पोखरा-५ जिरोकिमी बस्ने ट्याक्सी चालक-२८ बर्षीय सन्तोष बस्नेत र स्याङ्जा आँधीखोला-२ पोखराचौर घर भई हाल पोखरा-१७ घारीपाटन बस्ने ३५ बर्षीय टंकबहादुर क्षत्री छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा अघि बढाइनेछ ।
पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघलगायत पत्रकार सम्बद्ध विभिन्न संघसंस्थाले कडा आपत्ति जनाएका थिए । उनीहरूले आक्रमणकारीलाई कार्वाही गर्न दबाब दिएका थिए ।
सम्बन्धित समाचारः
पोखरामा दुई पत्रकारमाथि कुटपीट, पत्रकार सम्बद्ध संघसंस्थाद्वारा भर्त्सना
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ