पोखरा । काहुँखोला भाट समाज पोखरा १३ कास्कीको आयोजना र स्वतन्त्र पत्रकार संघ कास्कीको सहकार्यमा ३ दिने उद्घोषण तालीम समापन गरियो ।
समापन कार्यक्रमको उद्घाटन रानाभाट तथा भाट समाज नेपाल गण्डकी प्रदेश समितिका कोषाध्यक्ष रुद्रप्रसाद रानाभाटले गरेका थिए । उनले बोल्ने कला सिक्नु भनेको केवल औपचारिक कार्यक्रम गर्न मात्रै नभई हरेक क्षेत्रमा काम लाग्ने बताए ।
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले संघले विभिन्न समुदायहरुका इच्छुक ब्यक्तिहरुलाइ निशुल्क रुपमा प्रशिक्षण दिने बाताबरण मिलाउँदै आएको बताउँदै सशुल्क प्रशिक्षण दिने गृहकार्य भैरहेको पनि बताए ।
तालीममा मुख्य प्रशिक्षक सागर कार्कीले कुनै पनि कुरा सिक्न उमेरले नछेक्ने बताउँदै तालिममा सिकेको कुरा कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने बारेमा सोच्नु पर्ने बताए ।
सो अबसरमा तालीममा प्रशिक्षण दिने स्वतन्त्र पत्रकार संघका केन्द्रिय पार्षद सागर कार्की, कास्कीका कोषाध्यक्ष राधा ढकाल, सदस्य गणेश बज्र लामा र अल्चना श्रेष्ठ, पत्रकार कृष्ण क्षेत्रीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष श्रीराम रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार डिल्लीराम रानाभाटले स्वागत र संचालन सचिव सुर्य रानाभाटले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह