पोखरा । काहुँखोला भाट समाज पोखरा १३ कास्कीको आयोजना र स्वतन्त्र पत्रकार संघ कास्कीको सहकार्यमा ३ दिने उद्घोषण तालीम समापन गरियो ।
समापन कार्यक्रमको उद्घाटन रानाभाट तथा भाट समाज नेपाल गण्डकी प्रदेश समितिका कोषाध्यक्ष रुद्रप्रसाद रानाभाटले गरेका थिए । उनले बोल्ने कला सिक्नु भनेको केवल औपचारिक कार्यक्रम गर्न मात्रै नभई हरेक क्षेत्रमा काम लाग्ने बताए ।
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले संघले विभिन्न समुदायहरुका इच्छुक ब्यक्तिहरुलाइ निशुल्क रुपमा प्रशिक्षण दिने बाताबरण मिलाउँदै आएको बताउँदै सशुल्क प्रशिक्षण दिने गृहकार्य भैरहेको पनि बताए ।
तालीममा मुख्य प्रशिक्षक सागर कार्कीले कुनै पनि कुरा सिक्न उमेरले नछेक्ने बताउँदै तालिममा सिकेको कुरा कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने बारेमा सोच्नु पर्ने बताए ।
सो अबसरमा तालीममा प्रशिक्षण दिने स्वतन्त्र पत्रकार संघका केन्द्रिय पार्षद सागर कार्की, कास्कीका कोषाध्यक्ष राधा ढकाल, सदस्य गणेश बज्र लामा र अल्चना श्रेष्ठ, पत्रकार कृष्ण क्षेत्रीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष श्रीराम रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार डिल्लीराम रानाभाटले स्वागत र संचालन सचिव सुर्य रानाभाटले गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’