स्याङ्जाको गल्याङ नगरपालिकामा प्रथम गल्याङ प्रीमियर लिग(जिपिएल) क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । सोमबार गल्याङ बजारमा पत्रकार सम्मेलन गरी गल्याङ क्रिकेट संघले आगामी भदौ १ गतेबाट प्रीमियर लिग संचालन हुने जानकारी गराएको हो ।
उक्त क्रिकेट प्रतियोगिता टी – २० फर्म्याटमा खेलाइने संघका उपाध्यक्ष एवं खेल संयोजक खगेन्द्र भण्डारीले जानकारी दिए । उनले क्रिकेट खेलप्रतिको रुचिलाई ध्यानमा राखी गल्याङ नगरपालिकाभित्र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित लिग आयोजना गरिएको बताए ।
प्रतियोगिताका लागि गल्याङ नगरपालिका अन्तर्गतका आठ समूहले सहभागिता जनाउने बताउँदै खेल संयोजक भण्डारीले उक्त प्रतियोगिताले जिल्लाको क्रिकेट इतिहास रच्ने दाबी समेत गरे ।
गल्याङ नगरपालिकाभित्रका क्रिकेट खेलमा रुचि राख्ने खेलाडीका लागि अक्सन खुला गरिएको बताउँदै संघका सचिव अमृत खनालले खेल मैदान तीन ठाउँमा छनोट गरिएको जानकारी दिए । उनले बर्खाको समयमा खेल प्रभावित नहोस् भन्दै प्रतियोगिताका लागि मालुङ्गा खेल मैदान, दिमिक क्रिकेट मैदान र असेर्दीमा खेल मैदान छनोट गरी खेल खेलाइने बताए ।
उक्त गल्याङ जिपिएलका विजेताले नगद एक लाख र उपविजेताले नगद ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने संघका अध्यक्ष ठगेन्द्र थापाले बताए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो