स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -१ जिरोमा स्थित भगवतीमाई बहुउद्देश्यीय सहकारी लिमिटेडले मेसिनबाट पातका दुना टपरी बनाउन सुरु गरेको छ । मेसिनबाट साल, कटुस, चिउरी लगायतका पातहरुबाट दुना टपरी बनाएर बिक्रीवितरण गर्न थालिएको हो ।
पालिकाभित्रका महिलाहरुलाई आय आर्जनमा जोड्ने उद्देश्यले मेसिन ल्याएर दुना टपरी बनाउन थालेको सहकारीका संरक्षक टुकराज अर्यालले जानकारी दिए । उनले जङ्गलबाट ल्याइएका पातलाई जोडेर आकार दिने र मेसिनले च्यापेर दुना टपरी बनाइने बताए । पातलाई सिन्कोले जोड्ने र कत्रो आकारको बनाउने भन्ने महिलाहरुले तय गर्ने र अन्त्यमा मेसिनले च्यापेर दुना टपरी बनाइने छ ।
उक्त मेसिनले पाँचवटा डाईमार्फत साना दुनादेखी ठुला टपरी बनाउने छ । पात खोजेर ल्याएर मेसिनमा हाल्ने बनाएको कच्चापदार्थको सानाको एक रुपियाँ र ठुलाको तीन रुपियाँसम्म महिलाहरुले पारिश्रमिक पाउनेछन् भने दुनाको प्रति गोटा तीन रुपियाँ र टपरीको आठ रुपियाँसम्म पर्नेछ ।
स्थानीय आमा, दिदिबहिनीले बनाएर ल्याएको पातको कच्चापदार्थलाई मेसिनबाट दुना टपरी बनाउने काम सहकारीमा रहेका कर्मचारीले गर्नेछन् । दुईवटा पातबाट सिधै दुना बन्ने र सिन्कोले जोडेर टपरी बनाइने सहकारीले जनाएको छ ।
विशेषगरी विवाह, बर्तबन्ध र पुजा पाठमा प्रयोग हुने दुना टपरी अब बाहिरबाट ल्याउन नपर्ने पालिका बनाउने सहकारीका संरक्षक अर्यालले बताए । उनले पातबाट कच्चापदार्थ बनाएर पहिलो चरणमा २० जना आमा, दिदिबहिनीहरु आय आर्जनमा जोडिएका बताए ।
सहकारी आफैंले दुई लाख ९४ हजार रुपियाँमा मेसिन खरिद गरेर ल्याएको हो । उक्त मेसिनबाट एकदिनमा दुई हजार पाँच सयवटा टपरी र दुना बन्ने जानकारी दिँदै बाहिरबाट माग भए बिक्रीवितरण समेत गर्ने अर्यालले बताए ।
स्थानीय तहमै दुना टपरी बनाउने र बिक्रीवितरण गर्ने कामको सुरुवात गर्दै गाउँपलिकाका अध्यक्ष प्रकाश तिवारीले महिलालाई आय आर्जनमा जोड्न गरिने हरेक काममा पालिकाको सहयोग रहने बताए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो