पोखरा । पोखरा १० बुद्धचोकमा रहेको बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरले आफ्नो ११ औं वार्षिकोत्सवको अवसर पारी कुँडहर आधारभुत विद्यालयमा छात्रवृत्ति र दिवा खाजा प्रदान गरेको छ । वार्षिकोत्सवको अवसर पारी पोखरा १० कुँडहरमा रहेको कुँडहर आधारभुत विद्यालयमा अध्ययनरत १४ जना विद्यार्थी लाई छात्रवृत्ति र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजा प्रदान गरेको हो ।
छात्रवृत्ति वितरण कार्यक्रममा वोल्दै विद्यालयका प्रध्यानाध्यापक नन्द किशोर बरालले कुँडहर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये जेहेन्दार र आर्थिक विपन्न भएका विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्ति प्रदान गर्नुका साथै दिवा खाजा प्रदान गरेकोमा आभार प्रकट गरे । त्यसैगरी विद्यालयको स्तरोन्नतीका लागि प्रत्येक वर्ष तिहारको अवसरमा देउसीभैलो कार्यक्रम मार्फत आथिक संकलन गर्दै आइरहेको र आगामी वर्षमा आयोजना हुने देउसीभैलो कार्यक्रममा समेत बबि ब्यूटीपार्लरको तर्फबाट सहयोगको अपेक्षा राखे ।
त्यसैगरी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सिनाले सरकारी विद्यालयहरु सञ्चालन गर्न गाह्रो रहेको वताउदै विभिन्न ब्याक्ति तथा संघ संस्थाको सहयोगबाटनै सरकारी विद्यालयहरु सञ्चालनका लागि सहयोग पुगेको वताए । सरकारले विद्यालयलाई आवश्यक पर्ने कुनैपनि सामाग्रीहरु प्रदान नगरेकै कारणपनि सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निजी विद्यालयमा जसरी सिकाइमा प्रभावकारी ढंगले अगाडी वढ्न नसकेको उनको भनाइ रहेको थियो ।
बबि ब्यूटी सैलुनका सञ्चालक वविता केसी कार्कीले स्थापना कालदेखीनै वार्षिकोत्सवको अवसर पारी विभिन्न सामाजिक काम गर्दै आइरहदा यो पटक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पढाइमा केही सहयोग पुुगोस भन्ने अभिप्रायले कुँडहर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्तिका साथै दिवा खाजा प्रदान गरिएको वताए । आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य नरदेवी गुरुङ, बबि ब्यूटी सैलुनका म्यानेजर सन्तोष कार्की, विद्यालयका शिक्षक प्रतिनिधि टेक बहादुर थापा, शिक्षक अभिभावक संघका सदस्य रितु केसी लगायतको सहभागीता रहेको थियो ।
बबि ब्यूटी सैलुनले वार्षिकोत्सवको अवसर पारि अघिल्ला वर्षहरुमा जस्तै यो वर्षपनि पोखरा महानगरपालिकाका वडाहरुले सिफारिसको आधारमा निशुल्क ब्यूटिसियन तालिम प्रदान गर्ने सैलुनका म्यानेजर तथा ब्यूटीसियन सुमित्रा केसीले जानकारी दिए । त्यस्तै वार्षिकोत्सवको अवसर पारी ब्यूटीपार्लरबाट हुने हरेक सेवामा विशेष छुट प्रदान गरिने छ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’