पोखरा । समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सवै पक्षको सामुहिक प्रयास हुनु पर्नेमा यहाँ आयोजित एक कार्यक्रमका सहभागिले जोड दिइएको छन् ।
पर्यटकीय राजधानी पोखरास्थित वडा प्रहरी कार्यालय बैदामद्धारा आयोजित छलफल कार्यक्रमका सहभागिले सुरक्षाको विषयमा सामुहिक जिम्मेवारी र दायित्व भएकोमा जोड दिएका हुन् ।
कार्यक्रममा सहभागिहरुले यस क्षेत्रमा दिनप्रतिदिन बढेको चोरी, लागुपदार्थ सेवन तथा बिक्री वितरण लगायत विभिन्न खाले विकृति विसंगती नियन्त्रणमा प्रहरीले गर्ने प्रत्येक अभियानमा स्थानीय स्तरबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
वडा प्रहरी कार्यालय बैदाममा हालै जिम्मेवारी लिएर आउनु भएका प्रहरी नायव उपरिक्षक (डिएसपी) सन्तोष निरौलाले यस क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूती हुने गरि काम गर्ने विश्वास व्यक्त गरे।
कानूनी मान्यता र अधिकारका आधारमा सर्वसाधारणलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने गरि काम गर्ने प्रतिवद्धता जनाउँदै उनले त्यसका लागि समुदायसंगको सहकार्यको आवश्यकता औल्याए।
कार्यक्रममा वडा प्रहरी बैदाम कार्यक्षत्र अन्तर्गतका पोखराका ११ वडाका जनप्रतिनिधि, राजनैतिक दल, टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुले सहभागिता रहेको थियो ।
प्रहरी निरीक्षक कमल पोखरेलले स्थानीयको सुझावका आधारा शान्ति सुरक्षामा सहकार्य गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । आगामी दिनमा सुझावका लागि पर्यटन व्यवसायी, उद्योगी, सञ्चारकर्मीसँग छलफल कार्यक्रम गरिने तयारी गरिएको उनको भनाई छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ