पोखरा । पोखरामा सडक आश्रित २२ जनालाई उद्दार गरी महानगरपालिकाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
शुक्रबार दिउँसो ०४ः३० बजे वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पोखरा महानगरपालिका वडा नं. ४, ५, ६, र ९ का वडा एरियाबाट उद्दार गरेको हो ।
प्रहरीका अनुसार सडकका पेटीमा बसी माग्दै हिड्ने, जोगीको भेष गरी हिड्ने महिला, पुरुष, बालबालिका तथा भारतीय मुलुकका नागरिक, बालबालिकाहरु सहित २२ जना मानिसहरुलाई उद्दार गरी पोखरा महानगरपालिकाको कार्यालयलाई जिम्मा लगाइएको छ । जसमध्य महानगरको समन्वयमा १० जना पुरुष मानवसेवा आश्रम हेम्जा, ४ जना बालक बाल हेल्पलाईन अम्मरसिंह र ८ जना महिलालाई मानव सेवा आश्रम छोरेपाटन पठाइएको छ।
भिक्षा माग्न कानुनले निषेध गरेकोले पोखराको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सवारी साधनमा पनि भिक्षा माग्न प्रहरीले नदिने जनाएको छ । बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न लगाउने कार्यलाई रोक लगाइएको छ ।
प्रहरीले बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न प्रहरीले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ