केन्द्रको सत्तासमीकरणमा फेरबदल आएको १ महिना हुँदापनि गण्डकी प्रदेश सरकार पुनर्गठन हुन नसकेपछि नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल गठन गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक नन्दराम न्यौपानेको नेतृत्वमा सांसदहरु जितप्रकाश आले र प्रकाश बराल तथा एमाले संसदीय दलका मूख्य सचेतक गोविन्दबहादुर नेपाली र सांसदद्वय भीम कार्की र वेदबहादुर गुरुङ श्याम रहेको एक कार्यदल गठन गरिएको छ ।
शुक्रबार गठन गरेको सो कार्यदलले शनिबार एक चरणमा छलफल गरेको थियो । आज आइतबार साँझ फेरि कार्यदलको बैठक बस्ने तयारी भएको छ । गण्डकीमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय रहेको छ । हाल मुख्यमन्त्री रहेका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा ५ सदस्यीय मन्त्रिपरिष्द गठन भएको पाण्डे मुख्यमन्त्री तथा डा. टकराज गुरुङ, विन्दुकुमार थापा, फणीन्द्र देवकोटा र दीपक मनाङे मन्त्री छन् । हाल मुख्यमन्त्रीसँग ३ मन्त्रालय बाँकी रहेको छ ।
गण्डकीमा एमालेले देवकोटा र मनाङेलाई हटाएर आफूलाई ४ मन्त्रालय दिनुपर्ने अडान राखेपछि विवाद भएको थियो । सो विवाद हाल पनि मिलेको छैन । आफू नेतृत्वको सरकार ढलेपछि बनेको पाण्डे सरकार जोगाउन मनाङे र देवकोटाले साथ दिएको भन्दै एमाले संसदीय दलका नेता खगराज अधिकारी दुवैलाई सरकारबाट हटाउनुपर्ने पक्षमा छन् भने आफ्नो सत्ता जोगाएर संकटमा साथ दिएका उनीहरुलाई हटाउने पक्षमा मुख्यमन्त्री पाण्डे छैनन् ।
मनाङे र देवकोटालाई नहटाउने बरु मन्त्रालय फुटाउन सकिने कांग्रेसको अडान रहेको छ भने मन्त्रालय फुटाउन नहुने एमालेको अडान छ । दुवैको आ-आफ्नो अडानका कारण प्रदेश सरकार पुनर्गठन हुन विलम्ब भएपछि कार्यदल गठन गरिएको हो । सो कार्यदलले मन्त्रालय भागबन्डाको विषय र मन्त्रालको संख्या तय गरेपछि केही दिनमै एमाले पाण्डे सरकारमा सामेल हुने नेताहरुको भनाइ छ ।
अधिकारीले शत्रु ठानेका मनाङे र देवकोटालाई मुख्यमन्त्री पाण्डेले मित्र ठान्दा विवाद देखिएको नेताहरु बताउँछन् । मुख्यमन्त्री पाण्डे स्वास्थ्य उपचारका लागि केही दिनअघि भारत गएका थिए । उनी शनिबारमात्र काठमाडौं आइपुगेका छन् । पाण्डेले काठमाडौंमा पनि कांग्रेस र एमालेका शीर्ष नेतासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रदेशको भागबन्डा पनि केन्द्रले नै टुंग्याउने हुँदा सकेसम्म सबैलाई मिलाउनेगरी काठमाडौंबाटै सहमति जुटाएर राजधानी पोखरा फर्किने पाण्डेको योजना रहेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु