वैदेशिक उच्च शिक्षाका लागि परामर्शदातृ संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले २१ औं वर्ष प्रवेशका अवसरमा विविध कार्यक्रमका बीच सप्ताहव्यापी रुपमा वार्षिकोत्सव मनाइरहेको छ ।
पोखराको ट्रेड मलमा अवस्थित एक्सपर्टले सात दिनसम्म सात थरी कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको म्यानेजर विष्णुप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार प्यारेन्टस् वर्कशप, एस्से कम्पिटिशन शैक्षिक सामाग्री वितरण, फुटसल प्रतियोगिता कार्यक्रम गरिएको छ । भोलि बुधबार वृक्षारोपण तथा सरसफाई, वार्षिकोत्सवको मूख्य दिन रक्तदान कार्यक्रम र अन्तिम दिन इन्लाइटेन् एडु – द अल्टिमेट एजुकेशन एक्स्पो गर्न लागिएको हो ।
उच्च शिक्षाका लागि विदेश पढाउन चाहने अभिभावकका लागि कार्यशाला गरिएको हो । यस्तै, कास्कीको माछापुच्छ्रे गाउँपालिकाको रुम्जा स्थित हिमाली आधारभूत विद्यालयका विद्यार्थीका लागि शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको हो । पुम्दीभुम्दीमा गत वर्ष सारिएको बोटविरुवा गोडमेलसहित पार्क सरसफाई कार्यक्रम राखिएको हो ।
विहीबार सिग्नेचर कार्यक्रमका रुपमा नेपाल स्थित २३ वटा ब्राञ्चहरुले एकसाथ विहान साढे सात बजेदेखि रक्तदान कार्यक्रम राखेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई सहयोग, रक्तदान, सरसफाई, वृक्षारोपण कार्यक्रम राखिएको गौतमले जनाए ।
अन्तिम दिनको एक्स्पोमा ४० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने म्यानेजर सलि देवानले जानकारी दिए । अष्ट्रेलिया, यूके, क्यानडा, न्यूजिल्याण्ड, यूएसए लगायतका देशका लागि शैक्षिक परामर्श दिइने उनले बताए । शैक्षिक लोनका लागि प्रत्यक्ष परामर्श प्रदान गर्ने हेतु बैंकका प्रतिनिधिसमेत उपस्थित रहनेछन् ।
एक्सपर्ट पोखराका म्यानेजर रमेश बास्तोलाका अनुसार एक्स्पर्ट पोखराले जनवरीदेखि अहिलेसम्म ७ महिनाको अवधिमा झण्डै ७ सय विद्यार्थीलाई रोजेको गन्तव्यमा पु¥याउन सहयोग गरिसकेको छ । एक्सपर्ट पोखरामा मात्रै ३५ जना कर्मचारी कार्यरत रहेको बास्तोलाले बताए ।
अष्ट्रेलियाको सिड्नीमा सन् २००३ अगष्ट ८ मा एक्सपर्टको स्थापना भएको थियो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले शैक्षिक परामर्शसंगै आइईएलटीएस, पीटीई, स्याट लगायतका कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ । विद्यार्थीहरुलाई गन्तव्य मुलुकमा रहेका शाखाहरुबाटसमेत सहयोग गर्दै आइरहेको बास्तोला बताउँछन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन