सरकारी अस्पतालमा डेंगुको उपचार निःशुल्क हुने

सरकारी अस्पतालमा डेंगुको उपचार निःशुल्क हुने

denguee

पोखरा । सरकारी अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरूमा डेंगु संक्रमणका बिरामीको निःशुल्क उपचारको व्यवस्था मिलाउने जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा मंगलबार भएको छलफलमा अनुसार डेंगु संक्रमणका बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय भएको हो ।

पछिल्लो तथ्यांक अनुसार देशभर २ हजार ३६५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये तनहुँमा एक ५० वर्षीया दीर्घरोगी पुरुषको मृत्यु भएको छ ।

यसवर्ष सबैभन्दा बढी बागमती प्रदेशमा डेंगु संक्रमित भेटिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार बागमतीमा ७४७, कोशीमा ५३७, गण्डकीमा ५०८, लुम्बिनीमा २४७, सुदुरपश्चिममा २४२, मधेशमा ४७ र कर्णाली प्रदेशमा ३८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds