पोखरा । गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले उद्घाटन गरे ।
मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलसिस गर्ने विरामीको सही तथ्याङ्कका विषयमा जानकारी लिन मदत पुुग्ने बताए । उनले रिफर गरेर एउटा अस्पतालबाट उपचारका लागि अर्को अस्पताल जाँदा पनि डुप्लीकेसन नहुने तवरले उपचार गर्न सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।
“डायलसिस गर्ने विरामीको वास्तविक तथ्याङक प्राप्त गर्न सफ्टवेयर सहायक सिद्ध हुनेमा विश्वस्त छुु । डाटा अनुसार सेवा प्रवाहमा सहजता बनाउन सफ्टवेयरका माध्यम मदत पुुग्नेछ ।”, उनले भने ।
प्रदेशको डायलसिस सेवालाई सरल बनाउन सफ्टवेयरले सहयोग पुग्ने उनको भनाई छ । स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव विनोद विन्दु शर्माले प्रदेश सरकारले निशुल्क रुपमा डायलसिस सेवा प्रदान गर्दै आएको बताए । उनका अनुसार वर्षमा ८० देखि ८५ करोड रकम मात्र डायलसिस सेवा प्रवाहमा प्रदेश सरकारले लगानी गरेको छ ।
उनले अब प्रदेश सरकारले निशुल्क मृगौला प्रत्यारोपण गर्ने विषयलाई पनि सोच्नुपर्ने आवश्यक्ता आएको उल्लेख गरे ।
तथ्याङ्क अनुसार प्रदेशका ४१ अस्पतालको १७ युनिटबाट डायलसिस सेवा प्रवाह गरिएको छ । प्रदेशमा ७७३ जनाले डायलसिस सेवा लिइरहेका छन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’