म्याग्दी । गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयमा गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ६३ करोड २४ लाख ५ सय २९ राजस्व संकलन भएको छ ।
बागलुङ, डुम्रे र नवलपुरमा एक/एक र कास्कीमा २ यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा रहेको यातायात सेवा कार्यालयले सो राजस्व सङ्कलन गरेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
आव २०७८/७९ मा २ अर्ब २४ करोड र २०७९/८० मा ३ अर्ब १७ करोड राजस्व संकलन गरेका थिए । मन्त्रालयको यातायात शाखाका प्रमुख अनिल सुवेदीले सवारी खरिद/बिक्रीमा भएको गिरावटको असर राजस्वमा परेको दाबी गरे ।
‘सवारी करको दर यथावत भए पनि खरिद बिक्रीमा आएको कमीले राजस्व संकलन घटेको हो,’ उनी भन्छन् ।
यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले यसअघि दैनिक १० देखि १२ वटा सवारीसाधन खरिद बिक्री हुनेमा हिजोआज दैनिक एक/दुई वटामात्र हुने गरेको सुनाइन् ।
मन्त्रालयका अनुुसार गत आवमा सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय सवारी कास्कीले १ अर्ब ४२ करोड ३० लाख ४० हजार ६ सय २४ राजस्व संकलन गरेको छ ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुुमतिपत्र कास्कीबाट २४ करोड ६ लाख २६ हजार ६ सय ७९, बागलुुङमा १९ करोड १६ लाख ९ हजार ९ सय २८, नवलपुुरमा ३० करोड ३५ लाख ५३ हजार ९ सय ५३ र डुुम्रेमा २० करोड चार लाख ७० हजार ५ सय ९२ राजस्व संकलन भएको छ ।
गोरखामा १२ करोड ४७ लाख ५८ हजार ७ सय ५७, लमजुङमा ४ करोड ६१ लाख ११ हजार ७ सय ५५ र स्याङ्जामा १ करोड २२ लाख २८ हजार २ सय ४० राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।
सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारी साधन दर्ता, नवीकरण र जरिवाना लगायत शीर्षकमा राजस्व संकलन भएको हो । यातायात कार्यालय गण्डकी प्रदेश सरकारमा सबैभन्दा बढी राजस्व संकलन गर्ने निकाय हुन् । यातायात कार्यालयको सेवालाई प्रविधिको प्रयोगमार्फत पहुँचयोग्य, झन्झटमुक्त र छरितो बनाउने प्रयास गरेको मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले दाबी गरे । रासस
सम्बन्धित खबर
ग्यासमा कृत्रिम अभाव रोक्न स्याङ्जामा छड्के अनुगमन
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित