पोखरा । आज शनिबार देशभर बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
शनिबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा मधेश प्रदेशको केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै, राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
देउवाले भने-‘प्रधानमन्त्री ओलीलाई काँग्रेसको पूरा साथ छ’
देश तीव्र गतिमा अघि बढिरहेको छ, विरोधीहरू सरकारविरुद्ध लागिपरे: प्रधानमन्त्री
उद्योगीहरूसँग लिनुपर्ने बक्यौता तत्काल असुल गर्न शाक्यलाई उर्जामन्त्री खड्काको निर्देशन
पूर्व पतिसँग बोलेको निहुँमा श्रीमतीको हत्या
आज देशभरको मौसम कस्तो रहन्छ?
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे, अरु पदाधिकारी को-को ?
यो पनि पढौँ
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पिएनमा एमाले अखिलको अग्रता कायमै, काँग्रेसको नेवि संघलाई स्वतन्त्रले पछि पार्यो
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
स्ववियु निर्वाचन [अपडेट]: पीएनमा अनेरास्ववियुको अग्रता बढ्दै, स्वतन्त्रले पछ्याउँदै