सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवं प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
पोखरास्थित हुलाक निर्देशनालयको निरीक्षणपछि मन्त्री गुरुङले हुलाकसम्बन्धी पुराना नीति, नियमलाई परिमार्जन गर्दै हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्ने बताए ।
हुलाक सेवा प्रभावकारी हुन नसकेको गुनासो आइरहेकै बेला यसलाई कसरी प्रभावकारी र प्रविधिमैत्री बनाउने भन्ने बारेमा आफू चिन्तित रहेको बताए। दुर्गम गाउँका जनतालाई शीघ्र सेवा प्रवाह गर्न सम्बद्ध कर्मचारी सधै सचेत हुनुपर्नेमा उनले जोड दिए ।
“पुरानो ढर्राबाट अब हुलाक सेवा चल्ने वाला छैन, तत्कालै परिवर्तन गर्न सकिने अवस्था पनि छैन, विस्तारै हुलाक सेवालाई प्रविधिमैत्री बनाउने छु, मन्त्री गुरुङले भने–हुलाक सेवालाई समयसापेक्ष बनाउन कर्मचारी पनि प्रविधिमैत्री सिक्न जरुरी छ ।”
निर्देशनालयका प्रमुख कीर्तनराज पौडेलले पर्याप्त जनशक्ति र यातायातका साधनको अभावमा पनि हुलाकका कर्मचारीले सेवा प्रवाह गरिरहेका बताए । ९० जनाको दरबन्दी भएको निर्देशनालयमा ४२ कर्मचारीबाट काम भइरहेको जनाए ।
सञ्चारमन्त्री गुरुङद्वारा रासस गण्डकी प्रदेश कार्यालयको निरीक्षण
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार पोखरास्थित राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालयको निरीक्षण गरेका छन् ।
राससका गण्डकी प्रमुख वासुदेव पौडेलले रासस गण्डकीका बारेमा जानकारी गराए ।
नेपाल टेलिकमको गुणस्तर सुधारमा सञ्चारमन्त्री गुरुङको जोड
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको गुणस्तर सुधारका लागि सक्षम नेतृत्व र चुस्त व्यवस्थापनको खाँचो औँल्याएका छन् ।
पोखरास्थित टेलिकमको प्रादेशिक तथा जिल्ला कार्यालयको शुक्रबार निरीक्षणका क्रममा उनले टेलिकमको सेवालाई समयसापेक्ष ढङ्गले रुपान्तरण गर्दै लैजानुपर्ने बताए ।
“अहिलेको अवस्थाबाट नेपाल टेलिकमलाई सुधार गर्न सकिएन भने आउँदा केही वर्षमा टेलिकम सङ्कटमा पर्नसक्छ”, मन्त्री गुरुङले भने, “तीन/चार वर्षअघि रु ६० अर्ब आम्दानी हुने गरेकामा अहिले कसरी रु ३० अर्बमा झ¥यो अब समीक्षा गर्ने बेला आएको छ ।” उनले एक वर्षभित्रमा टेलिकमलगायत संस्थामा नीतिगत र व्यवस्थापकीय सुधार गर्ने गरी मन्त्रालयले योजना बनाएको उल्लेख गरे ।
मन्त्री गुरुङले इन्टेरनेट सेवाको विस्तारले नेपाल टेलिकमको भ्वाइस तथा डाटाको प्रयोग कम हुँदै गएको उल्लेख गर्दै टेलिकमले सोही किसिमको प्रविधि र जनशक्ति तयार गर्नुपर्ने बताए ।
मन्त्री गुरुङले डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिएको बताए । उनले सञ्चारसँग सम्बन्धित ऐन, कानुनलाई धेरै पुराना भएकाले परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
सम्बन्धित खबर
बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुधार गृहमा फलफुल वितरण
सुरेशको नेतृत्वमा राष्ट्रिय दलित पत्रकार संघ, कास्की
पहिरोले डुम्रे-बेशीशहर सडक अवरुद्ध, साँझदेखि यात्रु विचल्ली
राष्ट्रिय शिक्षा दिवसमा अदितिसहित शान्ति निकेतन सम्मानित
पोउवा संघको उपमहासचिवमा सुदीप प्रधानाङ्ग विजयी
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग