पोखरा । सिद्दि सेतुली स्मृति प्रतिष्ठान पोखराको शनिबार १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा उद्घाटन गर्दै सम्मानित ज्येष्ठ सदस्य प्रेमप्रसाद अधिकारीले संस्था बालिग भएको भन्दै अझ जिम्मेवार भएर जनउपयोगी कार्य गर्न सुझाव दिए ।
साधारणसभाले सचिब इन्द्रकमल मानन्धरले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोविन्द ताम्राकारले प्रस्तुत गरेको वार्षिय आय व्यय विवरणसहित प्रतिष्ठानलाई समसामयिक बनाउन प्रस्ताव गरिएको विधान संशोधन सर्वसम्मत पारित गरिएको थियो ।
साधारण सभामा संस्थापक संरक्षक विश्वरत्न शाक्यले संस्था एक विशुद्द सामाजिक संस्था भएकाले यसले बालबालिका, महिला र ज्येष्ठ नागरिकको क्षेत्रमा निशर्त र निस्वार्थ रुपमा आफ्नै ढंगले कार्य गरिरहेको बताए । उनले युवाहरुको नेतृत्व र सामिहिक पहलमा प्रतिष्ठानले थप संस्थागत स्वरुप र उपलब्धि हासिल गर्ने बिश्वास ब्यक्त गरे ।
प्रतिष्ठानका पूर्व अध्यक्ष नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचन, विशिष्ट सदस्य कृषि वैज्ञानिक डा. अनिल सुवेदी, शुभचिन्तक दुर्गा केसी थापा लगायतले सुझाव दिँदै थप सफलताका लागि शुभकामना व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा सहसचिव लोकदर्शन कोइरालाले स्वागत र सचिव इन्द्रकमल मानन्धरले सञ्चालन गरेकी थिइन् ।
प्रतिष्ठानले छात्रवृत्ति वितरणका लागि १ करोडको मुद्दती खाता खोली अक्षय कोष स्थापना गरेको छ । कक्षा १ देखि १० सम्मका १०८ जना बिद्यार्थीलाई शैक्षिक सामग्री तथा कक्षा ११ र १२ का ४६ जना विद्यार्थीलाई नगद छात्रवृत्ति यहि भाद्र १७ गते एक कार्यक्रमको आयोजना गरी वितरण गरिने प्रतिष्ठानका उपाध्यक्ष प्रमिला तझ्याले बताइन् ।
प्रतिष्ठानले विभिन्न मापदण्डका आधारमा छानिएका सामुदायिक विद्यालयहरु कन्या मा.वि. नदीपुर, कन्या क्याम्पस, नदीपुर, ज्ञानभूमि आधारभूत विद्यालय, महेन्द्र उच्च मावि, नयाँबजार, नवप्रभात सेकेण्डरी स्कूल, कुँडहर आधारभूत विद्यालय, अमरसिंहमावि, सिर्जना बहिरा माध्यमिक विद्यालय लेखनाथ, सिद्दार्थ आधारभुत विद्यालय आर्वा र बालमन्दिर नदीपुरमा अध्ययनरत अपांगता, दलित, अल्पसंख्यकसहित जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानले शैक्षिक सामग्री (कपी, ड्रईङ, कपी, पेन्सिल, डटपेन, ज्योमेट्री बक्स, ईरेजर, पेन्सिल कटर, क्रेन कलर, स्कुल व्याग), नगद छात्रवृत्ति (कक्षा ११ र १२ मा अध्ययनरत छनौट भएका प्रत्येक विद्यार्थीलाई वार्षिक ६ हजार र ज्ञानभुमि “शान्तरत्न जेहेन्दार छात्रवृत्ति” (वार्षिक परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने ज्ञानभूमि मा.वि.का आधारभुत (प्राथमिक, नि. माध्यमिक) र माध्यमिक तहका एक एक छात्र र छात्रालाई तह अनुसार रू. १ हजार, २ हजार र ३ हजार गरी कुल १२ हजार) गरी ३ प्रकारका छात्रवृत्ति १५४ जना बिद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको शाक्यले बताए ।
पापदण्ड पूरा गरेका छात्रा छात्रहरूले आवश्यक कागजात र विद्यालयको सिफारिससहित प्रतिष्ठानमा आवेदन दिएपछि छात्रवृत्तिका लागि नाम छनोट गरिने प्रतिष्ठानका सचिव इन्द्रकमल मानन्धरले बताइन् ।
छात्रवृत्ति छात्र र छात्राको अनुपात बराबर हुने गरिने र एक पटक छानिएका विद्यार्थीलाई विद्यालय छोडे वा अन्तिम परीक्षामा अनुत्तिर्ण भएको अवश्था बाहेक सो विद्यालयमा कक्षा १२ सम्म अध्ययन गरिन्जेल निरन्तर छात्रवृत्ति सुविधा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
सम्बन्धित खबर
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
वालिङमा ‘फर्स्ट एक्स्पो’ पर्व सुरु, पर्यटन र व्यापार प्रवर्द्धनमा जोड
एक लाख बढी मूल्यका बिलबिनाका खाद्य सामग्रीसहित मिनी ट्रक नियन्त्रणमा
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते