रुकुम पश्चिमका एक युवकले आफूभन्दा २६ वर्ष जेठी महिलासंगको अनैतिक सम्बन्ध लुकाउन महिलाको हत्या गरेका छन् ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका ११ माथिल्लो सार्केनाका २३ वर्षिय प्रेम मल्लले सानीभेरी गाउँपालिका ४ लामाचौरकी ४९ वर्षिय सुशीला मल्लको हत्या गरेका हुन् । प्रेमले झण्डै ६ घण्टाको दुरीमा रहेको सुशीलाको घरमा पुगी उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २३ वर्षीय प्रेम र ४९ वर्षीया सुशीला आफूहरुको प्रेम सम्बन्ध लुकाउन ‘भक्त’ र ‘माता’ बनेका थिए । सुशीलाको घरमा पुगेका प्रेमलाई सुशीलाले आफुलाई बिहे गर्न दवाव दिएपछि उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा डिएसपी नवराज पोख्रेलले जानकारी दिए ।
डेढ वर्षयता प्रेम र सुशीलाका बीच निरन्तर सम्बन्ध भएको खुलेको छ । त्यही प्रेम सम्बन्धलाई लुकाउनलाई नै प्रेमले सुशीलाको हत्या गरेको देखिएको डिएसपी पोख्रेलले बताए । डिएसपी पोख्रेलका अनुसार प्रेम अविवाहित हुन् । सुशीलाका श्रीमानको करिब १९ वर्ष पहिले नै मृत्यु भइसकेको थियो । सुशीलाका तीन छोराहरूमध्ये दुई छोरा तेस्रो मुलुक र रोजगारीको सिलसिलामा कान्छा छोरा भारतमा छन्।
सुशीला घरमा जेठी बुहारीसँगै बस्दै आएकी थिइन ।यसै विषयमा कुराकानी गर्न प्रेम साउन २१ गते सुशीलालाई भेट्न लामाचौरस्थित उनकै घरमा पुगेका थिए । प्रेम र सुशीला त्यो दिन रातिसँगै बसे । तर साउन २२ गते बिहान झिसमिसे नहुँदै प्रेम कसैले थाहा नपाओस् भनेर घरबाट निस्किएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।
उनीहरूबीच डेढ वर्षअघि जाजरकोटको रिम्ना मेलाबाट चिनजान भई फोन नम्बर साटासाटपछि भेटघाट हुन थालेको अनुसन्धानबाट खुलेको पोखरेलले बताए।
प्रहरीका अनुसार हत्याको अघिल्लो दिन प्रेम भेटघाटका लागि सुशीलाको घरमै आई राति सँगै बसेको र बिहानै उठी जाजरकोटको रिम्ना बजार तथा रुकुम पश्चिमको चाइनाबगर बजार गई घुमफिर गरेर साँझ पुनः सुशीलाकै घरमा आएका थिए। त्यस रात १२ बजेतिर सुशीलाले आफूहरूको सम्बन्धका बारेमा घरमा र गाउँघरका मानिसहरूले थाहा पाइसकेको भन्दै विवाहको प्रस्ताव गरेपछि घटना घटेको अनुसन्धानबाट खुलेको डिएसपी पोखरेलको भनाइ छ।
प्रेमले सुशीलालाई विवाह गर्न सक्ने अवस्था नभएको भन्दै मार्ने मनसायका साथ फलामको तावा, सिलौटो, लोरोलगायतका घरेलु औजार हान्नुका साथै सलले घाँटी बाँधी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट रगत लागेको फलामको तावा, सिलौटो, लोरो, बांगिएको चम्चा बरामद गरेको थियो।
प्रेमले हत्या गरेपछि सुशीलाको फोनसमेत लिएर उनी त्यहाँबाट निस्किएका थिए। पछि प्रहरीले मोबाइल फोन प्रेमको कोठाबाट बरामद गरेको थियो ।
प्राविधिक रूपमा अनुसन्धान गरी सुशीलाको मोबाइल ट्र्याक गरेको थियो। मोबाइल कहिले खुल्ने, कहिले बन्द हुनेक्रम थियो।त्यही क्रममा प्रहरी साउन २५ गते चौरजहारी नगरपालिका–११ माथिल्लो सार्केनाका २३ वर्षीय प्रेम मल्लसम्म पुग्न सफल भयो ।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह