युवा दिवसको अवसरमा दारी ग्याङ पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ ।
‘आज अरुका लागि, भोलि आफ्नै लागि’ भन्ने नाराका साथ दाह्री ग्याङ, नेपाल रेडक्रस सोसाइटी, श्रेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको सहयोगमा पोखराले यस वर्ष पनि सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
पोखराको केदारेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व एवं संस्थापक अध्यक्ष शेखर गौतमलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ भएको संयोजक उज्ज्वल भुजेलले बताए ।

गौतमको रक्तदान यो ५५ औं पटक हो । गौतमले पोखरामा धेरै युनिट रगत संकलनमा दाह्री ग्याङ अग्रपंक्तिमा रहेको बताए । निरन्तर सामाजिक कार्यमा सक्रिय भएकोमा समूहलाई उनले धन्यवाद समेत व्यक्त गरे ।
दाह्री ग्याङ पोखराका पुर्व संयोजक अभिमन्यु पाण्डे (बिक्रम)ले वार्षिक क्यालेण्डर अन्तरगतकै श्रावनको अन्तिम सोमबार रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

यस्तै, बिरामीहरुलाई तत्काल चाहिएको अवस्थामा पनि दाह्री ग्याङका सदस्यहरु तत्काल अस्पताल वा रक्तसञ्चार केन्द्र पुगी रक्तदान गर्दै आएका छन् ।
कार्यक्रमको सञ्चालन पुर्व संयोजक पाण्डेले गरेका थिए । क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको कार्यक्रममा महिलाहरु, सुरक्षाकर्मीहरुले पनि रगत दान गरेका थिए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन