साउनको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लाग्यो । सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक ब्रत समाप्त गरेका छन् ।
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको तौलेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनिसोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको थियो । रुपन्देहीको परमेश्वर बाेलबमधाममा पनि दिनभर जसो श्रदालुहरुको घुईँचो लागेको थियो ।

साउन अन्तिम सोमबार हजारौं भक्तजनले पोखराको केदारेश्वर मन्दिर, हरिहर मन्दिर, विन्ध्यवासिनी स्थित शिव मन्दिर लगायत सबै शिव मन्दिरहरूमा दर्शन गरेका छन् । शिवलिंगमा जल चढाउन तथा पूजाआजाका लागि भक्तजन बिहानदेखि नै लाइन बसेका थिए ।
‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ यसपालिको २१ औं संस्करणको बोलबममा अन्य सोमबारको तुलनामा भक्तजनको भीड बढेको केदारेश्वर महादेवमणि सेवाश्रम समितिले जनाएकाे छ ।

सदाझैं सेतीनदीकिनरा गाईघाटमा पवित्र जल उठाई भक्तजन बाजागाजाका साथ भजनकीर्तन गर्दै फेवाताल किनार केदारेश्वर मन्दिरमा पुगेका थिए । मन्दिरमा विदेशी पर्यटकको पनि उपस्थिति पनि उस्तै थियो । उनीहरु भजनमा नाचेर दंग परे ।
गाईघाटमा १०८ धारामा स्नान, ८ किमी पैदलयात्रासहित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाइने हुँदा आठ संयोगका कारण केदारेश्वरको महत्व बढेर गएको छ ।

सोमबार विभिन्न धार्मिक स्थलहरुमा स्नान गरी त्यहाँको जल लगेर महादेवलाई चढाए चारधाम गएसरहको पूण्य प्राप्त हुने तथा सुख संमृद्धि मिल्ने धार्मिक विश्वास छ । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । त्यसमा सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ ।
विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ सोमबारमा शिवको आराधना गर्दछन् ।
















सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा