तनहुँ । पोखरा-मुग्लिन सडक विस्तार कार्यअन्तर्गत पश्चिम खण्डमा निर्माणधीन १३ पुलमध्ये पाँच पुलको निर्माण कार्य सम्पन्न भएको छ ।
यस पश्चिम खण्डमा रहेको ३८ दशमलव ८८ किमी सडकअन्तर्गत उक्त पुल निर्माण गरिएका हुन् । पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलका अनुसार आठ पुलका गाडी गुड्ने संरचनाको निर्माण भइसकेको छ ।
उनका अनुसार गत वर्ष नौ प्रतिशत भौतिक प्रगतिमा सीमित रहेको यस खण्डमा अहिले २८ प्रतिशत प्रगति पुगेको छ ।
उनले भने, “गत वर्षको तुलनामा यस वर्ष निर्माण कार्यले गति लिएको छ ।”
यस खण्डमा चार र छ लेनको सडक निर्माण गरिनेछ । सडकको बीच भागबाट दायाँबायाँ २५/२५ मिटर दूरी कायम गरी सडक विस्तार कार्य गरिएको छ । त्यसअनुरुप दुई लेनमा २० किमी सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ ।
पश्चिम खण्ड विस्तारका लागि २०७८ भदौमा सम्झौता गरिएको थियो । यो खण्डको काम २०८१ भदौसम्म सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ । सम्झौता अवधि सकिन अब एक महिना मात्रै बाँकी रहेको छ ।
निर्माण कार्य ढिलो गरी सुरु गरिएको र कोरोनाका कारण निर्माण कार्य प्रभावित हुँदा सोचेअनुरुप प्रगति हासिल गर्न नसकिएको इन्जिनियर पौडेलले बताए ।
उनका अनुसार यस खण्डमा निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ ।
सडक निर्माणमा एसियाली विकास बैङ्कको ऋण सहयोग रहेको छ । यस खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख रकम रहेको छ ।
वर्षायामको अवधिभर कालोपत्र कार्य रोकी नाला, पर्खाल निर्माणलगायत कार्यलाई प्राथमिकता दिइएको छ ।
उनले भने, “विद्युतका खम्बा र खानेपानीका पाइप हटाउन समस्या भएका कारण सडक विस्तारका कार्य प्रभावित हुने गरेको छ ।” रासस
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण