पोखरामा प्रहरीको ‘सीआईडी हौँ’ भन्दै सर्वसाधारणलाई दुःख दिई पैसा असुल्ने दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १७ बस्ने वर्ष ३२ का सन्दिप श्रेष्ठ र वडा नम्बर ७ माछापुच्छ्रे टोल बस्ने वर्ष २६ का सरोज थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
यही साउन २७ गते दिउँसो ३ बजेर ३० मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर २ स्थित बागलुङ बसपार्कमा उनीहरुले आफुहरु सादा पोशाकका प्रहरीको सीआईडी भएको बताउँदै सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिने गरेको सूचना प्रहरीले पाएको थियो । सो सूचना पाएपछि प्रहरीले उनीहरुको खोजी थालेको थियो ।
उनीहरुले नागरिकहरुलाई दुःख हैरानी दिई शरीरको तलासी लिई चेकजाँच समेत गर्ने, पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनी डर त्रास देखाई अभद्र व्यवहार गरेको सूचना प्रहरीले पाएको थियो ।
सूचना पाउनासाथ वडा प्रहरी कार्यालय बगर, कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रण लिई सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीहरु माथि समेत उनीहरुले अभद्र व्यवहार गरेको प्रहरीले बताएको छ।
हाल उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह