आईएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको अवसरमा वालिङ् शाखाले जन माविलाई सहयोग गरेको छ ।
सातौं वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको अवसरमा बुधबार आईएमई लाइफ इन्स्योरेन्स वालिङ् शाखाले अर्जुनचौपारी गाउँपालिका -४ रापाकोट स्थित जन माध्यमिक विद्यालयका विद्यार्थीलाई अध्ययन तथा शैक्षिक सामाग्री सहयोग गरेको हो ।
इन्स्योरेन्सको वालिङ् शाखाले आफ्नो संस्थागत, सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १२० जना विद्यार्थीलाई अध्ययन तथा शैक्षिक सामाग्रीहरु सहयोग गरेको आईएमई लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख कर्मराज पौडेलले बताए ।
कार्यक्रममा सोही वडाका वडा अध्यक्ष भुवन सिंह गुरुङले इन्स्योरेन्सले शैक्षिक क्षेत्रमा पुर्याएको सहयोग प्रशंसनीय रहेको बताउँदै विद्यार्थीहरुलाई अध्ययनप्रती थप हौसला मिलेको बताएका थिए ।
सोही कार्यक्रममा विद्यालयकी शिक्षिका एवं आईएमई लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर तिल कुमारी रोका केसीले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । विद्यालयका प्रधानाध्यापक आत्मराम चपाईँको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन इन्स्योरेन्सको वालिङ् शाखाकी प्रबन्धक धना अर्यालले गरेकी थिइन् ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा