पोखरा । लायन्स क्लव अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीले पोखराको केदारेश्वर मन्दिर परिसर कोमागाने पार्कमा चौतारा निर्माण तथा वृक्षारोपण गरेको छ । बिहीबार आयोजित वृक्षारोपण कार्यक्रमको अवसरमा पारी क्लबले निर्माण गरेको चौतारा कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीलाई हस्तान्तरण गरियो ।
लायन्स क्लब ३२५ आई डिष्ट्रकका डिस्ट्रीक गभर्नर विनोद ढुंगानाले लायन्स क्लव अफ इन्फर्मेशन एण्ड टेक्नोलोजीद्धारा निर्माण गरेको चौतारा हस्तान्तरण गर्दै इन्फर्मेशन टेक्नोलोजीले नाम अनुसारको काम गरेको बताए । फेवाताल किनारमा रहेको कोमागाने पार्कमा निर्माण गरिएको चौताराले उक्त ठाउँमा घुम्न आउने पर्यटकलाई बिश्राम लिनका लागि सहज हुने र लायन्स क्लबले निकै मेहनतका साथ वृक्षारोपण गरी विरुवालाई हुर्काउन र संरक्षणका लागि समेत बारको ब्यवस्था गरेकोमा खुसी ब्यक्त गरे ।
सो अवसरमा वोल्दै कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले केदारेश्वर मन्दिर नजिकै रहेको कोमागाने पार्कमा लायन्स क्लव अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीले चौतारा निर्माण संगै ब्यवस्थित रुपमा गुल्महरका विरुवाहरु रोपी कोमागाने पार्कको सौन्दर्य बढाउने काम गरेकोमा धन्यवाद ब्यक्त गरे ।
सुुर्य पोख्रेलको संयोजकत्वमा सम्पन्न वृक्षारोपण कार्यक्रममा ३० वटा गुल्महरको बिरुवा रोपिएको थियोभने विरुवाको संरक्षणको लागि समेत बांसको बार लगाइएको थियो । सो अवसरमा कोमागाने पार्क ब्यवस्थापन समितिका सदस्य हेमराज पहारी, जोन चियर पर्सन मात्रिका पौडेल, रिजन चियर पर्सन कृष्ण कुमार श्रेष्ठ, क्लस्टर चिफ विष्णु श्रेष्ठ, डिष्ट्रिक कोडिनेटर प्रेम दहाल, वातावरण प्रमुख डासिराम सापकोटा लगायतको उपस्थिती रहेको थियो ।
क्लवका अध्यक्ष दिनेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष राबत तामाङ गोम्जाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका सचिव मुकेश अर्यालले गरेका थिए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो