पोखरा । गण्डकी प्रदेश सरकारले न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराको सूचनामा ७१ जना न्यायिक सहजकर्ता माग गरिएको उल्लेख छ ।
सूचनामा गण्डकी प्रदेश भित्रका गाउँपालिका तथा नगरपालिकाको लागि न्यायिक सहजकर्ता छनौट गरी करार सम्झौता गराई कार्य गराउन दरखास्त आह्वान गरिएको बताइएको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र यस कार्यालयमा आवेदन दिन अनुरोध गरिएको छ।

कानुन विषयमा स्नातक तह उत्तीर्णहरुले यसमा आवेदन दिन सक्नेछन् । छनोट भएकाले शाखा अधिकृत सरहको तलब र सुविध पाउनेछन् ।
यस सम्बन्धी फाराम, कार्य विवरण, पारिश्रमिक, सेवाका सर्तहरू स्थानीय न्यायिक सहजकर्ता (छनौट तथा परिचालन) कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिम हुनेछ ।
स्थानीय तहमा न्यायिक समित रहने भए पनि त्यस अनुसारको जनशक्ति नभएपछि प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा सहजकर्ता नियुक्त गर्न लागिएको हो ।
यसका लागि सरकारले कार्यविधि बनाइसकेको छ भने बजेट समेत विनियोजन गरेको छ ।
न्यायिक छनोटकर्ता छनोटका लागि पालिकाले अधिकार मागेका थिए । तर प्रदेशबाट छनोट गर्दा सहज हुने भएकाले प्रदेशले नै कार्यविधि बनाएर प्रक्रिया थालेको हो ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन