विश्वमा नै देखिएको वातावरणीय प्रदूषणलाई न्यूनीकरण गरी शान्तिको सन्देश फैलाउने उद्देश्यले पोखरा महानगरपालिका वडा नम्बर २८ का सुरेश आचार्यले आफ्नो साइकल यात्रा जारी राखेका छन् ।
विश्वमा शान्ति र वातावरण संरक्षण प्रवद्र्धन गर्ने विश्व साइकल यात्राको मूख्य उद्देश्य राखेका विश्व साइकल यात्री आचार्यले भारत, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, सिंगापुर, ताइवान, दक्षिण कोरिया, युक्रेन लगायतका १८ भन्दा बढी देशहरुको साइकल यात्रा गरिसकेका छन् । आचार्यले यात्राको क्रममा मिडिया, समुदाय, संघसंस्थाहरु एवं सरोकारवालाहरुसँग समन्वय गर्दै विश्वमा शान्ति र वातावरण संरक्षणको सन्देश फैलाउने प्रयास गरेको बताएका छन् ।
औद्योगिकीकरण र सहरीकरणका कारण विश्वमा वातावरण प्रदूषण हुन गएको आचार्यले बताएका छन् । विश्वमा अशान्तिको मुख्य कारण नै अर्थतन्त्र भएको बताउँदै विश्व साइकल यात्री आचार्यले पुँजी, प्रविधि, स्रोत र सूचना जस्ता उत्पादनका साधनका लागि कुनै पनि सीमा नरहने धारणा राख्छन् । उनले यसबाट नेपाल लगायत विश्वका साना एवं अविकसित देशमा दीर्घकालीन आर्थिक असुरक्षा हुन सक्ने बताए ।
विश्वमा सकारात्मक परिवर्तन ल्याउनको लागि साइकल यात्राको अभियान जारी राखेको बताउँदै आचार्य विश्वयमा शान्तिमय वातावरण निर्माणमा चेतना फैलाउनु नै साइकल यात्राको मूख्य उद्देश्य भएको बताउँछन् ।
यात्राको क्रममा संघसंस्था, व्यक्ति विशेषबाट पाएको आर्थिक सहयोग नेपालका असाय बालबालिका, अपांग, आर्थिक रुपमा विपन्न वर्गलाई सहयोग गरेको गाउँले मिडियाका प्रतिनिधिलाई जानकारी दिएका छन् ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा