पहिलो पाइला स्याङ्जाको `राष्ट्रसेवक सङ्गको रक्षाबन्धन´ कार्यक्रम

पहिलो पाइला स्याङ्जाको `राष्ट्रसेवक सङ्गको रक्षाबन्धन´ कार्यक्रम

ppn_syj_dpo

पहिलो पाइला नेपाल, पुतलीबजार स्याङ्जा शाखाले `राष्ट्रसेवक सङ्गको रक्षाबन्धन´ कार्यक्रम गरेको छ । रक्षाबन्धनको दिन पहिलो पाइला नेपाल स्याङ्जाका सदस्यहरुले प्रहरी कार्यालयमा नै गएर रक्षाबन्धनको कार्यक्रम गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जामा कार्यरत राष्ट्रसेवक प्रहरी कर्मचारीहरुलाई पारिवारिक अनुभूति दिलाउने प्रयास गर्दै कार्यक्रमको आयोजना गरिएको पहिलो पाइला नेपाल, पुतलीबजार स्याङ्जा शाखाकी संस्थापक अध्यक्ष स्मृति काफ्लेले जानकारी दिइन् ।

सधैं देश र जनताको सेवामा समर्पित परिवारबाट टाढा रहेका प्रहरीलाई चाडपर्वमा पारिवारिक अनुभूतिको कमी नहोस् भन्दै रक्षाबन्धनको कार्यक्रम गरिएको शाखाकी अध्यक्ष सन्ध्या लामिछानेले बताइन् ।

युवा परिवर्तन र समाजलाई एकीकृत गर्दै युवा वर्गमा सामाजिक उत्तरदायित्व वहन गराउन अग्रणी भुमिका खेल्दै आएको उक्त संस्थाले स्याङ्जामा विविध कार्यक्रम गर्दै आएको संस्थाका स्याङ्जा शाखा उपाध्यक्ष पवन मरासिनीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ