स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गाप्राप्तिका लागि स्वीकृति आउनासाथ दमौली अस्पताललाई ५० शैय्याको बनाउने काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
गत साता अस्पतालको निरीक्षण गरिसकेका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालका नाममा रहेको साढे ३ रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाएलगत्तै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर जग्गा दिलाउने बताए ।
‘दमौली अस्पतालको क्षमता विस्तार नहुँदा परेको समस्याबारे म जानकार छु’, मन्त्री पौडेलले भने, ‘प्रदेशबाट स्वीकृति आउनासाथ विस्तारको काम अघि बढ्नेछ ।’
मन्त्री पौडेललाई अस्पतालको क्षमता विस्तार गरेर ५० शैय्या पुर्याउने काममा सघाइदिन संविधान सभासद् रामचन्द्र पोखरेल र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अनुरोध गरेका थिए ।
१५ शैय्या क्षमता भए पनि बेड थप गरेर चलेको अस्पताललाई ५० शैय्यामा परिणत गर्न जग्गा अभाव देखिंदै आएको छ । विगतमा धेरै पटक विस्तारको कुरा चले पनि अघि बढ्न सकेको थिएन । अस्पतालसँग हाल १५ रोपनी जग्गा छ ।
तर कृषि ज्ञान केन्द्रको २ रोपनी र भेटेरिनरी अस्पतालको डेढ रोपनी जग्गा अस्पतालका नाममा प्राप्त भएमा विस्तार गर्न सकिने प्राविधिक समितिले प्रतिवेदन दिएको छ । सोही जग्गा प्रदान गर्न कृषि तथा पशुपंक्षी मन्त्रालयले स्वीकृति दिए पनि प्रदेश र संघीय मन्त्रिपरिषदमा यससम्बन्धी प्रस्ताव गएको छैन ।
मन्त्रिपरिषदबाट अस्पताललाई जग्गा प्राप्तिको निर्णय गराउन पहल गर्ने बताएका मन्त्री पौडेलले जनशक्ति र पूर्वाधारका लागि यसै वर्ष काम थाल्ने प्रतिबद्धता जनाए ।
७२ किलोमिटर लामो पृथ्वी राजमार्गको बीच भागमा रहेको दमौलीमा रहेको अस्पतालको क्षमता नहुँदा ठूला दुर्घटनाका बिरामी र शल्यक्रिया तथा आकस्मिक अवस्थाका बिरामी पोखराका अस्पताल जानुपर्ने बाध्यता छ ।
यो समस्यालाई आफूले बुझेको बताएका मन्त्री पौडेलले तनहुँको स्वास्थ्य क्षेत्रमा गर्न सकिने अरु कामका लागि पनि तयार रहने प्रतिबद्धता जनाएका छन् ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन