स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले प्रशासकीय भवनभित्र रहेको प्रतीक्षालयमा पुस्तकालय स्थापना गरेको छ । एघारवटा पालिका रहेको स्याङ्जामा व्यवस्थित पुस्तकालय स्थापना गर्ने पालिका अर्जुनचौपारी पहिलो हो ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको आर्थिक सहयोग साथै विश्व हिन्दु युवा सङ्घको समन्वयमा पालिकाभित्रै पुस्तकालय स्थापना गरिएको पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । उनले मन्त्रालयको एक लाख ७५ हजार र गाउँपालिकाको ७५ हजार रुपियाँ गरी दुई लाख ५० हजार रुपियाँमा पालिकाभित्र रहेको प्रतीक्षा कक्षमा पुस्तकालय स्थापना गरिएको बताए ।
पालिकाभित्र रहेको पुस्तकालयमा चार वेद, गिता, श्रीमद् भागवत, विष्णुपुराण, महापुराण, गिता, विश्वको इतिहास, नेपाली इतिहास, नेपालको संविधान, नेपाली बृहत् शब्दकोश, बाल साहित्यका कथा, उपन्यास, विद्यालयमा पठनपाठनका शैक्षिक सामग्री सहित छ सय महत्त्वपूर्ण पुस्तकहरू पुस्तकालयमा उपलब्ध छन् । विश्व हिन्दु युवा सङ्घका अध्यक्ष नवराज पौडेलले सबै पुस्ताका पाठकको रुचिलाई मध्यनजर गरेर पुस्तकालयमा नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका उपयोगी र महत्त्वपूर्ण किताबहरू राखिएको जानकारी दिए ।
युवा पुस्तालाई सनातन धर्म संस्कृतिको महत्व र गरिमा बुझाउन र पठन पाठनको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको पालिका अध्यक्ष तिवारीको भनाइ छ । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले शैक्षिक गुणस्तर वृद्धि र नागरिक चेतनाको विकासमा पुस्तकालयले सहयोग पुऱ्याउने बताउँदै पालिकाको शैक्षिक सुधार अभियानको क्रममा पुस्तकालय व्यवस्थापनमा विश्व हिन्दु युवासंघसँग सहकार्य गरिएको बताए ।
गाउँपालिकाले व्यवस्थापन गर्ने पुस्तकालय आइतबारदेखि शुक्रबारसम्म कार्यालय समयमा खुला रहने पालिकाले जनाएको छ । गाउँपालिकामा कामको लागि जाने, लेखपढ गर्ने, सानो बालकदेखि विद्यार्थी, वृद्ध सम्मलाई उक्त पुस्तकालय फलदायी छ ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?