पोखरा, ५ भदौ । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी संस्था लि.का पूर्व सचिव अनुज नकर्मीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
वीरगञ्ज १४, श्रीपुर स्थायी घर भइ हाल पोखरा १७, घारीपाटन बस्ने ४८ वर्षीय जनकर्मीलाई प्रहरी गत ३२ साउनमा काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेको हो । सहकारीको रकम सहकारी ऐन, नियमावली तथा संस्थाको नियमविपरीत हिनामिना एवं अपचलन गरेर ठगीजन्य कसूरमा संलग्न उनी फरार थिए । उनलाई प्रहरीले गत २ भदौमा कास्की जिल्ला अदालतमा मुद्दाको अभियोगपत्र माग दाबी अनुसार सजायका लागि उपस्थित गराएको थियो ।
सहकारीको १ अर्ब ११ करोड रुपैयाँ हिनामिना एवं अपचलन गरेको अभियोगमा उक्त मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरुङ र भविश्वर अर्याल र सहकारीका सञ्चालक समिति सदस्य प्रमोद भट्टराई छन् । उनीहरु कास्की जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका छन् ।
उक्त सहकारीका १ हजार ३५ जना बचतकर्ता छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ