पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की अबको नेतृत्वको स्वभाविक दाबेदार हुन् । उनले अध्यक्षमा उमेद्वारी दिने आज औपचारिक घोषणा गरेका छन् ।
यसअघि टीम नै बनाएर प्यानल घोषणाको तयारी गरेका उनले अध्यक्ष पदमा मात्रै एकल उम्मेदवारी घोषणा गरेका हुन् ।
अघिल्लो पटक पनि चुनाव लडेका अर्जुन पोखरेलले अध्यक्षको उमेद्वारी घोषणा गरिसकेका छन् । अर्जुनले पदाधिकारीसहित उमेद्वारी घोषणा गरेका थिए ।
अर्जुन प्यानलबाट उमेद्वार बनेका उद्योगी व्यवसायी विगतमा आफ्नै टीमका भएको भन्दै कार्कीले कसैलाई काखा र कसैलाई पाखा नगर्ने मनशायका साथ अघि बढेको भन्दै वक्तव्य जारी गरेका छन् ।
यसअघि पदाधिकारीको लागि उमेद्वारी घोषणा गरेका साथीहरु कार्यसमितिमा रहँदा आफैलाई काम गर्न सजिलो हुने भएको भन्दै वक्तव्यमा विगतका आफ्नै टीमका साथीहरुलाई अप्ठेरोमा पार्न नचाहेको उल्लेख गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष भएको नाताले आफ्नाे उमेद्वारी र दावी स्वभाविक भएको भन्दै सहकार्यका लागि सबै ढोकाहरु खुलै राखेको कार्कीले बताएका छन् ।
आगामी भदौ २८ र २९ गते पोखरा उद्योग वाणिज्य संघको ३५ औं अधिवेशन हुँदैछ । पोखरा उद्योग बाणिज्य संघमा करिब २ हजार ७ सय उद्योगी व्यवसायी सदस्य रहेका छन् । उनीहरुले नै प्रत्यक्ष मतदान गरेर अध्यक्ष सहित नयाँ कार्यसमिति चुन्ने व्यवस्था रहेको छ ।
गोकर्ण कार्की २०५५ मा संघको साधारण सदस्य बनेपछि २०६१ मा संघको कार्यसमितिको सदस्य बन्न चुनाव लडेको भएपनि पराजित बनेका थिए । उनी २ कार्यकाल उद्योग तर्फको उपाध्यक्ष र पछिल्लो कार्यकाल बरिष्ठ उपाध्यक्षमा रही कार्यरत छन् ।
अर्जुन पोखरेल २०७१ मा संघको कार्यसमितिको सदस्य निर्वाचित भएपछि क्रमशः उपमहासचिव, महासचिव र वाणिज्य तर्फको उपाध्यक्ष भएर अनुभव लिइसकेका छन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह