पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की अबको नेतृत्वको स्वभाविक दाबेदार हुन् । उनले अध्यक्षमा उमेद्वारी दिने आज औपचारिक घोषणा गरेका छन् ।
यसअघि टीम नै बनाएर प्यानल घोषणाको तयारी गरेका उनले अध्यक्ष पदमा मात्रै एकल उम्मेदवारी घोषणा गरेका हुन् ।
अघिल्लो पटक पनि चुनाव लडेका अर्जुन पोखरेलले अध्यक्षको उमेद्वारी घोषणा गरिसकेका छन् । अर्जुनले पदाधिकारीसहित उमेद्वारी घोषणा गरेका थिए ।
अर्जुन प्यानलबाट उमेद्वार बनेका उद्योगी व्यवसायी विगतमा आफ्नै टीमका भएको भन्दै कार्कीले कसैलाई काखा र कसैलाई पाखा नगर्ने मनशायका साथ अघि बढेको भन्दै वक्तव्य जारी गरेका छन् ।
यसअघि पदाधिकारीको लागि उमेद्वारी घोषणा गरेका साथीहरु कार्यसमितिमा रहँदा आफैलाई काम गर्न सजिलो हुने भएको भन्दै वक्तव्यमा विगतका आफ्नै टीमका साथीहरुलाई अप्ठेरोमा पार्न नचाहेको उल्लेख गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष भएको नाताले आफ्नाे उमेद्वारी र दावी स्वभाविक भएको भन्दै सहकार्यका लागि सबै ढोकाहरु खुलै राखेको कार्कीले बताएका छन् ।
आगामी भदौ २८ र २९ गते पोखरा उद्योग वाणिज्य संघको ३५ औं अधिवेशन हुँदैछ । पोखरा उद्योग बाणिज्य संघमा करिब २ हजार ७ सय उद्योगी व्यवसायी सदस्य रहेका छन् । उनीहरुले नै प्रत्यक्ष मतदान गरेर अध्यक्ष सहित नयाँ कार्यसमिति चुन्ने व्यवस्था रहेको छ ।
गोकर्ण कार्की २०५५ मा संघको साधारण सदस्य बनेपछि २०६१ मा संघको कार्यसमितिको सदस्य बन्न चुनाव लडेको भएपनि पराजित बनेका थिए । उनी २ कार्यकाल उद्योग तर्फको उपाध्यक्ष र पछिल्लो कार्यकाल बरिष्ठ उपाध्यक्षमा रही कार्यरत छन् ।
अर्जुन पोखरेल २०७१ मा संघको कार्यसमितिको सदस्य निर्वाचित भएपछि क्रमशः उपमहासचिव, महासचिव र वाणिज्य तर्फको उपाध्यक्ष भएर अनुभव लिइसकेका छन् ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो