पोखरा वडा नं. ९ नयाँबजारस्थित विभूति फार्मेसीका सञ्चालक केदार अधिकारीसहित दुई जना पक्राउ परेका छन् ।
लागूऔषध खरिदबिक्रीमा संलग्नता देखिएपछि प्रहरीले फार्मेसी सञ्चालक अधिकारीसहित धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ९ घर भएका २७ वर्षीय विजय पोखरेललाई नियन्त्रणमा लिएको हो ।
कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार बुधबार राति ८ बजे पोखरेल शंकास्पद अवस्थामा नयाँबजारबाटै पक्राउ परेका थिए ।
उनको खानतलासी गर्दा झोलामा लागूऔषध टापेन्टाडल हाइड्रोक्लोराइड क्याप्सुल एक सय २० चक्की फेला परेको थियो ।
सोधपुछका क्रममा पोखरेलले विभूति फार्मेसीबाट किनेको पोल खोलेपछि प्रहरीले फार्मेसीमा छापा मारेको थियो ।
फार्मेसीमा पनि सोही नामको लागूऔषध ९० क्याप्सुल भेटिएपछि सञ्चालक अधिकारीलाई नियन्त्रणमा लिइएको डीएसपी शर्माले जानकारी दिए ।
प्रहरीले कास्की जिल्ला अदालतबाट लागूऔषध मुद्दामा मेडिकल सञ्चालक अधिकारीलाई नौ र खरिदकर्ता पोखरेललाई १० दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
सम्बन्धित खबर
महिला समाजसेवा पुरस्कार पद्मादेवी शर्मालाई प्रदान
ढोरपाटनका मेयर देवकुमार कास्की प्रहरी हिरासतमा, आजदेखि बयान लिन सुरू
रवि थप १३ दिन हिरासतमै रहने
मेयर नेपालीलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो
रवि लामिछानेलाई चौथोपटक अदालत उपस्थित गराइयो
रविलाई आज फेरि अदालत लगिँदै, पोखरामा रास्वपा प्रदर्शनको तयारीमा
यो पनि पढौँ
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु, ३५ जना घाइते
बागलुङमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
तीन जना सवार कार पोखरीमा डुब्यो, दुईको शव फेला, एक जना पौडिएर बाँचे