पोखराबाट काठमाडौंतर्फ जाँदै गर्दा तनहुँको आँबुखैरेनी नजिक ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ।
हालसम्म १४ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए।
उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली र नेपाल प्रहरी खटिएको छ। भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको एपीएफले जनाएको छ।
बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। बस अझै पनि पानीमै छ।
प्रारम्भिक रूपमा बसमा ४० जना भएको जानकारी पाइएको छ। १५ जनालाई घाइते अवस्थामा निकालिएको बुझिएको छ। प्रारम्भिक जानकारीअनुसार अरू नदीमा बेपत्ता छन्।
सो बसको नम्बर युपी ५३ एफटी ७६२३ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिङ सडकखण्डमा पर्ने ऐनापहरा आँबुखैरेनी गाउँपालिका-२ मा पर्छ ।
सो भारतीय बस शुक्रबार बिहान करिब साढे ११ बजेतिर सडकबाट खसेको हो ।
बस सडकबाट मर्स्याङ्दी किनारमा कच्याकुचुक अवस्थामा देखिन्छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली खटिएको छ ।
प्राप्त तस्बिरहरू हेर्दा सो बसको माथिल्लो भाग नै उछिट्टिएर उदाङ्गो भएको छ । सिटमा केही यात्रुहरू देखिइन्छन् भने उद्दार गरिएका यात्रुहरू बस खसेकै भीरमा यत्रतत्र छरिएका छन् ।
पृथ्वी राजमार्गबारे जानकारी दिने सूचनामूलक फेसबुक खाता मुग्लिङ बजारमा प्रविष्ट गरिएका भिडियोहरू हेर्दा बस मर्स्याङ्दी नदीको किनारमै पुगेको छ । सुरक्षाकर्मीहरूले दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूको शव उतारिरहेको देखिन्छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ