पोखरा महानगरपालिका वडा नं. १२, लायन्स क्लब अफ पोखरा आदर्श चौतारी र लियो क्लब अफ पोखरा आदर्श चौतारीको संयुक्त आयोजनामा निःशुल्क डेंगु रोग परिक्षण तथा जनचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
पोखरा १२ कार्यालयको सभा हलमा भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले जनचेतना नै डेगुं रोगको मुख्य उपचार भएकोले घर परिवार र समाज नै सचेत हुन आग्रह गरे ।
क्लबका अध्यक्ष सुर्य प्रसाद पोखरेलको अध्यक्षता भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्टृक्ट ३२५ आइ नेपालका डिष्टृक्ट गभर्नर बिनोद ढुंगाना , स्वास्थ्य कार्यलयका प्रमुख रामबहादुर नेपाली लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम पुर्व स्थानीय आमा समूह , टोल विकास सस्थाका प्रतिनिधि , स्वास्थ स्वयम् सेविका , सामुदायिक सेवा केन्द्र माटेपानी, क्लब र लियो क्लब हरुको उपस्थितमा जनचेतना स्वरुप प्रभातफेरि गरिनुका साथै शंकास्पद लागेका करिब २० जनाको रक्त परिक्षण समेत गरिएको थियो ।
जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सहजीकरण गरेको कार्यक्रमको स्वागत द्धितिय उपाध्यक्ष भगवान श्रेष्ठ, धन्यवाद निर्वतमान अध्यक्ष दामोदर आचार्य र सन्चालन वडा सचिव शारदा सापकोटाले गरेकी थिइन् ।
सम्बन्धित खबर
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो