पोखरा । श्रीकृष्ण जन्माअष्टमीको अवसरमा मंगलबार पोखरा २४ कास्कीकोटमा दहीको होली खेलिएको छ।
भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकालदेखि कास्कीकोटमा दही जात्रा हुँदै आएको छ। गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा दहीको होलीमा हजारौं मानिसहरुको सहभागिता रहेको थियो।
सांस्कृतिक रुपमा मनाउँदै आएको यो जात्रा संरक्षणमा स्थानीयले विशेष चासो देखाएका छन् । दहीको होली खेल्ने परम्परा अन्य स्थानमा नरहेको भन्दै यो दहीको होली कास्कीकोटमा मात्र रहेको धार्मिक क्षेत्र विकास समितिका सचिव तथा कार्यक्रम संयोजक ठाकुर प्रसाद त्रिपाठीले दावी गरे।
यस पटक विभिन्न सांस्कृतिक झाँकी बाजा गाजा सहित जात्रा निकालिएको थियो। अन्य ठाउँमा श्रीकृष्णको जन्म हुनु भन्दा पहिलेदनै नाचगान तथा जात्राहरु निकाल्ने गरिन्छ तर, कास्कीकोटमा मात्र श्रीकृष्ण जन्मे पछि मात्र भोलि पल्ट दहीको होली खेलेर पर्व मनाउने गरिएको त्रिपाठीले बताए ।
विगत १२ वर्षदेखि दही जात्रालाई स्थानीहरुले दहीको होली एक आपसमा छेपेर मनाउने गरेका छन्। मन्दिरका व्यवस्थापक अमाली खिम बहादुर कार्कीका अनुसार जात्रामा अन्य साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो।
दहीजात्रा विगतदेखि सम्पदा संरक्षण मञ्च कास्कीकोट ,नेपाल वृन्दावनधाम र स्थानीयले संचालन गर्दे आएका छन्। आगामी वर्षहरुमा कास्कीकाटको उच्च भागमा रहेको औलधाममा गएर जात्रा समापन हुने भएको नेपाल वृन्दावन धाम कास्कीका अध्क्षय ओम प्रसाद सुवेदीले जानकारी दिए ।
दही जात्रामा भजन चुड्का तथा विभिन्न झाँकी बाजागाजा सहित जात्रा गरिएको थियो।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ