पोखरा । श्रीकृष्ण जन्माअष्टमीको अवसरमा मंगलबार पोखरा २४ कास्कीकोटमा दहीको होली खेलिएको छ।
भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकालदेखि कास्कीकोटमा दही जात्रा हुँदै आएको छ। गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा दहीको होलीमा हजारौं मानिसहरुको सहभागिता रहेको थियो।
सांस्कृतिक रुपमा मनाउँदै आएको यो जात्रा संरक्षणमा स्थानीयले विशेष चासो देखाएका छन् । दहीको होली खेल्ने परम्परा अन्य स्थानमा नरहेको भन्दै यो दहीको होली कास्कीकोटमा मात्र रहेको धार्मिक क्षेत्र विकास समितिका सचिव तथा कार्यक्रम संयोजक ठाकुर प्रसाद त्रिपाठीले दावी गरे।
यस पटक विभिन्न सांस्कृतिक झाँकी बाजा गाजा सहित जात्रा निकालिएको थियो। अन्य ठाउँमा श्रीकृष्णको जन्म हुनु भन्दा पहिलेदनै नाचगान तथा जात्राहरु निकाल्ने गरिन्छ तर, कास्कीकोटमा मात्र श्रीकृष्ण जन्मे पछि मात्र भोलि पल्ट दहीको होली खेलेर पर्व मनाउने गरिएको त्रिपाठीले बताए ।
विगत १२ वर्षदेखि दही जात्रालाई स्थानीहरुले दहीको होली एक आपसमा छेपेर मनाउने गरेका छन्। मन्दिरका व्यवस्थापक अमाली खिम बहादुर कार्कीका अनुसार जात्रामा अन्य साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो।
दहीजात्रा विगतदेखि सम्पदा संरक्षण मञ्च कास्कीकोट ,नेपाल वृन्दावनधाम र स्थानीयले संचालन गर्दे आएका छन्। आगामी वर्षहरुमा कास्कीकाटको उच्च भागमा रहेको औलधाममा गएर जात्रा समापन हुने भएको नेपाल वृन्दावन धाम कास्कीका अध्क्षय ओम प्रसाद सुवेदीले जानकारी दिए ।
दही जात्रामा भजन चुड्का तथा विभिन्न झाँकी बाजागाजा सहित जात्रा गरिएको थियो।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह