हेमज । कास्की पोखरा महानगरपालिका वडा न.२५, हेमजामा स्थापित हेमजा उद्मोग व्यवसाय समितिले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
हेमजा मिलनचोकमा रक्त सञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजिक कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् ।
पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न.२५ हेमजा कार्यवाहक अध्यक्ष धन कुमारी पोख्रेल तिमिल्सिनाले पहिलो रक्तदाता हेमजा उद्मोगका अध्यक्ष मिनराज तिम्सिनालाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्धघाटन गरे । रक्तदानले परोपकार मात्र होइन, दातालाई स्वास्थ्य लाभ पनि हने धारण राखे ।
कार्यक्रममा सल्लाहकार विश्वराज अधिकारी, सामुदायिक प्रहरी एवं सेवा केन्द्र हेमजाका उपाध्यक्ष देवि अधिकारी,लायन्स क्लब अफ हेमजा पोखराका अध्यक्ष सन्तमान क्षेष्ठ,ने.रे.सो हेमजा उपशाख सहसचिब कृष्ण बहादुर थापा साथै रक्त सञ्चार केन्द्रका कार्यालय प्रमुख महेश के.सी लगायतले शुभकामना दिए ।
हेमजा उद्मोग व्यवसाय समितिका अध्यक्ष मिनराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत उपाध्यक्ष शुसिला बास्तोलाले र सञ्चालन महसचिब राजेन्द्र प्रसाद बास्तोलाले गरे ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह