जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा आएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण १७ असारदेखि स्थगित भएको थियो ।
जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुई महिनापछि समिट एयरलायन्सले बिहीबार पाँचवटा उडान भरेको जानकारी दिए ।
‘मौसममा सुुधार आएको छ । पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा-जोमसोम हवाई सेवा पुनः सुरु गरिएको हो,’ उनले भने, ‘निजी क्षेत्रको यति एयरलाइन्सको भगिनी कम्पनी तारा एयरको जहाजले १८ भदौदेखि उडान भर्ने तयारी गरेको छ ।’
पाँच उडानमार्फत ९० जना मुस्ताङ भित्रिएका प्रमुख लम्सालले बताए । बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई सेवा पुनः सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ ।
सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकोप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता छ ।
सम्बन्धित खबर
विश्व हुलाक दिवस : स्याङ्जामा आठ जनालाई सम्मान
पोखराका मुख्य रुटहरूमा दसैंको टीकाको दिन निःशुल्क बस चल्ने
धवलागिरिमा तीन महिनापछि यातायात सञ्चालन
असारदेखि बन्द बागलुङको दक्षिण भेग जोड्ने सडक सुचारू
गण्डकीमा डेङ्गुबाट ७ जनाको मृत्यु, कास्कीमा सबैभन्दा बढी सङ्क्रमित
पानीको मूल्य बढी लिने पोखराको रेस्टुरेन्टलाई २ लाख जरिवाना
यो पनि पढौँ
पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने
पोखरा बुद्धचोकको द स्केट पार्क आगो लाग्दा पूर्ण नष्ट, लाखौँ क्षति
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०
पोखरामा चार पाङ्ग्रे स्कुटरलाई कारले ठक्कर दिँदा एक जना गम्भीर घाइते