पोखरा । यस वर्षको डागर स्मृति पुरस्कार युवा पाइलट दीक्षान्त जंगबहादुर राणालाई प्रदान गरिने भएको छ । डागर स्मृति प्रतिष्ठान नेपालको बैठकले राणालाई
सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष बिन्दु श्रेष्ठले जानकारी दिइन् ।
प्रतिष्ठानले नेपाली वाङ्मय, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, समाजसेवाका क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिलाई हरेक वर्ष सो पुरस्कार प्रदान गर्ने गरेको छ । पुरस्कार राशि नगद २० हजार र सम्मानपत्र छ ।
सन् २०१९ देखि अन्तरिक्ष यात्रीका रूपमा ब्रह्माण्ड अन्वेषणको सपना साकार पार्दै आएका दीक्षान्तले १७ वर्षको उमेरमा डेल्टा क्वालिफ्लाइटबाट व्यावसायिक उडान अनुमतिपत्र प्राप्त गरेका थिए । अमेरिकाबाट पाइलट कोर्ष पूरा गरेसँगै सन् २०१९ बाट उनले व्यावसायिक जीवन सुरू गरेका थिए ।
दीक्षान्त हाल बुद्ध एयरका प्रथम अफिसर तथा को–पाइलट छन् । पोखरामा २३ भदौमा राजन पराशर डागरको स्मृति दिवस तथा ऋषि पञ्चमीका दिन उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
यसअघि समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आरएम डंगोल, भीम रानाभाट, सुमल गुरुङ, संस्थातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा. तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ, युवा वैज्ञानिक मनीषा द्वा सो पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार