पोखरा । गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाइएको छ । आज आइतवार बसेको मन्त्रिपरिषद् बैठकले अहिले रहेका ७ वटा मन्त्रालयमा २ वटा मन्त्रालय थप्ने निर्णय गरेको हो। अब सत्ता गठबन्धनको साझेदार नेकपा एमाले गण्डकी सरकारमा सहभागी हुने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रम गरी उनले कांग्रेस–एमालेबीच ९ वटा मन्त्रालय बनाउने सहमति भएपछि ती मन्त्रालय विभाजन गरिएको बताए ।
‘यी मन्त्रालय एउटै भए पनि संगठन संरचना दुईवटा थिए र सचिवहरु पनि अलग अलग थिए । त्यसलाई अलग अलग गरेर ९ वटा मन्त्रालय गण्डकी प्रदेशमा कायम गर्ने भनेर निर्णय गरेका छौं’, उनले भने ।
अहिले विभाजन गरिएका दुवै मन्त्रालयका २/२ स्थानमा कार्यालय, सचिवसहितका कर्मचारी र संरचना छन्। वन, वातावरण तथा उद्योग पर्यटन मन्त्रालयमा पहिलेदेखि नै दुईवटा संगठन संरचना थियो । त्यस्तै, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पनि दुईवटा संगठन संरचना थिए ।
मुख्यमन्त्री पाण्डेले अब १/२ दिनमै एमाले सरकारमा सहभागी हुने बताए। प्रदेशमा ५ मन्त्रालय नेपाली कांग्रेस र ४ मन्त्रालय एमालेले लिने सहमति यसअघि भइसकेको छ।
मुख्यमन्त्री पाण्डेले भने – ‘छिट्टै नै नेकपा एमालेका तर्फबाट ४ जना मन्त्रिपरिषदमा समावेश हुनुहुन्छ र संघीय गठबन्धन अनुसार गठबन्धन कायम भएर अगाडि बढ्छ ।’
गण्डकी सरकारमा कांग्रेस र एमालेले कुन कुन मन्त्रालय लिने भन्ने निर्क्योल भने नभएको मुख्यमन्त्री पाण्डेले बताए ।
अहिले गण्डकीमा ५ सदस्यीय मन्त्रिपरिषद् छ। मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई अबको सरकारमा पनि मन्त्रीमा निरन्तरता दिइने बताए। एमाले–कांग्रेस दुवै दलबीच उनीहरूलाई कांग्रेसकै कोटाबाट मन्त्री बनाउने सहमति भएको छ।
६० सदस्यीय गण्डकी प्रदेशसभा रहेकाले कानुनानुसार २० प्रतिशत अर्थात् १२ जना मन्त्रालय बनाउन मिल्छ । यसअघि काँग्रेसकै कृष्णचन्द्र नेपाली मुख्यमन्त्री भएपछि १२ वटा मन्त्रालय बनाइएकोमा निर्वाचनपछि बनेको एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले ७ मा झारेको थियो ।
सम्बन्धित खबर
गल्याङमा बोराभित्र बेवारिसे शव फेला
भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम
सर्वोच्चले दोषी ठहर गरेपछि मनाङे फरार
अर्जुनचौपारीमा नेपालकै पहिलो नवग्रह मन्दिर निर्माण हुँदै
खोजीखोजी कारबाही गर्दै स्याङ्जा ट्राफिक, चालू आवमा करिब ३० लाख राजस्व संकलन
रवि पक्राउ विरोधमा रास्वपाले आज पनि प्रदर्शन गर्ने
यो पनि पढौँ
तनहुँको याम्पाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु, ३५ जना घाइते
नवलपरासीमा देउसी भैलोको गाडी दुर्घटना
तिहारका बेला अरिंगालले चिलेर दिदीभाइको मृत्यु