पोखरा । गण्डकी प्रदेश सरकारमा एमाले सांसद प्रकाशबहादुर केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन् ।
यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
गण्डकीमा ९ मन्त्रालयको टुंगा लागेसँगै मुख्यमन्त्री पाण्डेले एमालेका ४ मन्त्री नियुक्तसँगै मन्त्रालयसमेत हेरफेर गरेका हुन् । एमालेबाट केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसी श्रेष्ठको नेतृत्वमा सरकारमा जाँदा प्रकाशबहादुरले भौतिक पूर्वाधारजस्तो शक्तिशाली मन्त्रालय प्राप्त गरेका छन् । केसी अघिल्लो चुनावताका राप्रपाबाट एमाले प्रवेश गरेका हुन् ।
केसी ४ दशकदेखि राजनीतिमा सक्रिय छन् । केसी २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिका १२ को वडाध्यक्ष भएका थिए । प्रकाश २०७१ मा खाद्य संस्थानको अध्यक्ष भएका थिए । यो समय उनी राप्रपानिकट थिए । २०७४ सालदेखि भने प्रकाश एमालेको राजनीतिमा सक्रिय छन् । उनी नेकपा एमाले गण्डकी प्रदेश कमिटीको पूर्व सचिवालय सदस्य हुन् ।
एमालेबाट पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट बागलुङका कृष्ण पाठकले प्राप्त गरेका छन् । एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री भएका छन् ।
एमालेका ४ मन्त्रीमध्ये पद्मा र मित्रलाल उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह तथा कृष्ण र प्रकाशबहादुर खगराज पक्षधर हुन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ