पोखरा । चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएसस्सी नर्सिङतर्फ पोखराको पालिखेचोकस्थित प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी छिन् ।
प्रवेश परीक्षामा करिब १४ हजार प्रतिष्पर्धीलाई उछिन्दै ढकालले पहिलो नम्बरमा आफुलाई उभ्याएकी हुन् । ढकालले सर्वाधिक १६४ अंक ल्याएकी छिन् ।
हालै प्रकाशित प्रवेश परीक्षाको नतिजामा सर्वाधिक अंक ल्याएर नेपालमै उत्कृष्ट भएको भन्दै प्रतिभा माविले बुधबार ढकाललाई विद्यालयमै सम्मान पनि गरेको छ । प्रतिभा माविका प्राचार्य किरण सापकोटाका अनुसार ढकाल पहिलेदेखि नै पढाईमा अब्बल थिईन् । त्यसकै परिणामस्वरुप यो वर्ष नेपाल टप गर्न सफल भएको सापकोटाले बताए ।

‘प्रतिभाको उत्कृष्टतामा आयुषाको परिणामले अर्काे इटा थपिएको छ । गुणस्तीय शिक्षा र सबैको मेहनतले यो सफलता हात परेको हो,’ उनले भने, ‘प्रतिभाले यसअघि पनि यस्तै प्रतिभावान विद्यार्थी उत्पादन गरेको थियो । आगामी दिनमा थप प्रतिभावान विद्यार्थी उत्पादनमा हामीले जोड दिएका छौ ।’
ढकालले अब सरकारी पूर्ण छात्रवृत्तिमा चारवर्षे बिएसस्सी नर्सिङ अध्ययन गर्न पाउनेछिन् । ‘आयुषाको रिजल्ट उत्कृष्ट हुनेमा हामी पहिल्यै नै आशावादी थियौँ । यो पटक त्यो प्रमाणित भएको छ,’ उनले भने ।
आमा मिनादेवी ढकालले सानैदेखि मेहनती भएकै कारणले आयुषाले यो पटक नेपालमै आफुलाई अब्बल सावित गर्न सफल भएको बताईन् । ‘यसअघिका अरु परीक्षामा पनि आयुषा अब्बल नै थिईन । तर, यो पटक नेपालमै सर्वाेत्कृष्ट सावित गर्न सफल भएकी छिन,’ उनले भनिन्, ‘हामी अभिभावकको पनि पहिचान फराकिलो बनाएको छ ।’
पुर्ख्यौली घर स्याङजा भएको ढकाल परिवार हाल पोखराको बिरौटामा बस्दै आएको छ । तीन सन्तानमध्येकी जेठी छोरी आयुषाको रिजल्टले अरुलाई पनि अध्ययनमा बल पुगेको उनले बताईन् ।

उत्कृष्ट ठहरिएकी आयुषाले अब स्वदेशमै स्वास्थ्य क्षेत्रमा अध्ययन गर्ने आफ्नो चाहना पुरा भएको बताईन् । ‘सरकारी छात्रवृत्तिमा स्वदेशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने अवसर जुटेको छ । मेहनत गरेर अध्ययन गरेमा सफलता मिल्ने रहेछ भन्ने प्रमाणित भएको छ,’ उनले भनिन् ।
विद्यालयले उत्कृष्ट भएकी आयुषालाई बुधबार अरु विद्यार्थीमाझ पनि परिचित गराएको थियो । आयुषाको अध्ययन र मेहनत अरु विद्यार्थीका लागि पनि प्रेरणा बन्ने भएकोले विद्यार्थीमाझ परिचित गराएको प्राचार्य सापकोटाले बताए । सरकारले यो वर्ष १७ सय २० जनाका लागि बिएसस्सी नर्सिङतर्फ कोटा छुट्याएको छ । तीमध्ये ५ सय ३५ जना छात्रवृत्तिको कोटा अध्ययन गर्न पाउँछन् ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन