पोखरा । कास्की प्रशासनले सरकारी कामकाज गर्दा गराउँदा बिचौलियाको भर नपर्न र कसैले काम गरिदिन्छु भन्दै प्रलोभनमा पार्न खोजे उजुरी गर्न आग्रह गरेको छ ।
सरकारी कामका सिलसिलामा बिचौलियाले सताएको वा रकम नै लिएर काम मिलाइदिने गरेका गुनासा आएसंगै जिल्ला प्रशासन कार्यालयले यस्तो आग्रह गरेको हो ।
सरकारी कार्यालयमा सेवाग्राहीलाई दुख दिने गरी कर्मचारीले काम अड्काइदिएमा त्यसको गाँठो फुकाइदिने भन्दै विचौलिया सलबलाउने गरेका छन् । सेवाग्राहीको भीडभाड हुने, नापी, मालपोत, पालिका, जिल्ला प्रशासन, यातायात, आन्तरिक राजश्व कार्यालय जस्ता कार्यालयमा यस्ता विचौलिया सक्रिय देखिँदा बेलाबखत उनीहरुलाई हटाउने काम समेत हुनेगरेको छ ।
कुनैपनि लेनदेनका आधारमा काम गर्ने गराउने जस्ता प्रचलित कानुनको बर्खिलाप गरी यस्ता गैरकानुनी कार्यमा संलग्न भएको पाइएमा दोषी उपर प्रचलित ऐन, कानुन बमोजिम हदैसम्मको कारवाही हुने कास्की प्रशासनले चेतावनी दिएका हो ।
बुधबार कास्की प्रशासनको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले सूचना निकाल्दै केही अनधिकृत व्यक्तिहरूले सेवाग्राहीहरूलाई सहज ढंगबाट छिटो सेवा प्राप्त गर्न मध्यस्थता गरी दिन्छु भनी प्रलोभनमा पारेको वा पार्ने प्रयास गरेको र बिचौलिया मार्फत काम हुने गरेको भन्ने गुनासो यदाकदा सुनिने गरेको उल्लेख गरेका छन् । सूचनामा यस्ता कार्यलाई निरुत्साहित गरी दोषीलाई कानुनी दायरामा ल्याउन सर्वसाधारणको सहयोगको अपेक्षा गरेको उल्लेख गरिएको छ।
सेवाग्राहीले सहज ढंगबाट कार्यालयको सेवा प्रवाह सम्बन्धमा सुझाव, गुनासो र उजुरी दिन क्युआर कोड स्क्यान गरी सहज ढंगबाट प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिन सक्ने व्यवस्था मिलाइएको सहायक प्रजिअ क्षत्रीले बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जिल्ला प्रशासन कार्यालय कास्कीको छवी उच्च हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएको र आफू आएपछि सुधारका लागि सक्दो प्रयास थालेको बताएका छन् । कार्यालय प्रमुखको मासिक बैठकमा समेत सबै कार्यालय प्रमुखलाई यसबारेमा ध्यानाकर्षण गराउँदै जिम्मेवार रुपमा सेवा प्रवाह गर्न निर्देशन गरेको उनको भनाइ छ ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह