म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मिना परियारको हत्यामा संलग्न र सहयोग गरेको अभियोगमा पक्राउ परेका पाँचै जनालाई शुक्रबार जिल्ला अदालत म्याग्दीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले पत्रकार सम्मेलन गरी मीनाका प्रेमी २५ वर्षीय राम खत्रीले हत्या गरेको स्वीकार गरेको जानकारी दिएको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले हत्यामा मिलेमतो गरेकोमा मुख्य अभियुक्त खत्रीकी आमा ४५ वर्षीया रेणु खत्री, दाइ विक्की खत्री, भाइ २३ वर्षीय श्याम खत्री र सालो नाता पर्ने २३ वर्षीय रोजन खत्रीलाई समेत घटनामा मिलेमतो गरेको भन्दै कर्तव्य ज्यान मुद्दा दर्ता गरेको गण्डकन्यूजलाई जानकारी दिए ।
गत बर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरी शव बेनी नगरपालिका–९ र १० को सिमानामा पर्ने कालीमूलको जङ्गलमा पुरेको अभियुक्त खत्रीले बयान दिएका छन् । शव गत साउन २७ गते भेटिएको थियो ।
घटनाको अघिल्लो दिन पुस १५ गते घर परिवारका अन्य सदस्यले गर्भवती भएकाले आफै व्यवस्थापन गर्न दवाव दिएपछि मीनाको घरमै पुगेर बोलाई करिब १ सय मिटर तल रहेको चौतारीमा हत्या गरी झाडीमा लुकाएर पुनः घरमा गएर डोको नाम्लो लिएर कालीमूलको जङ्गलमा खाल्टो खनी पुरेको खत्रीको बयान छ ।
प्रहरीले मुख्य अभियुक्त खत्रीलाई कर्तव्य ज्यान मुद्दामा हदैसम्म अर्थात् सर्वस्व सहित जन्म कैद सजाय माग गरी मुद्धा दर्ता गरेको जनाएको छ । जातीय विभेदकै कारण घटना घटेको हो । कथित् माथिल्लो जातका खत्री परिवारले गर्भवती मीनालाई नस्विकार्दा परिवारै मिलेर उनको हत्या गरेका हुन् ।
प्रहरीले सार्वजनिक गरेको प्रगति विवरणः

सम्बन्धित खबर
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा