पेल्काचौरमा दशैँ पूर्णिमा मेला हुने, भलिबल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम

पेल्काचौरमा दशैँ पूर्णिमा मेला हुने, भलिबल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम

Dashain_mela

स्याङ्जाको पुतलीबजार नगरपालिका -१२ पेल्काचौरमा दशैँ पूर्णिमा मेला हुने भएको छ । आगामी कार्तिक १ देखि ६ गतेसम्म हुने मेलाको अवसरमा भलिबल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम समेत रहनेछन् ।

`हाम्रो गौरव, हाम्रो पौरख हाम्रो पेल्काचौर´ भन्ने मूल नाराका साथ मनकामना युवा क्लब पेल्काचौरद्वारा आयोजित दशैँ पूर्णिमा मेलाको आकर्षणका रुपमा अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताका साथमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने क्लबका अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिए ।

मेलाका आकर्षणको रुपमा रहेको अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, द्वितीयले ६० हजार र तृतीय हुनेले ४० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, अन्तर वडा स्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार, द्वितीयले २० हजार र तृतीय हुनेले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष शर्माले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ